‘आँसु पुछी उठाैँ”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

बर्खायाम बित्नै लाग्दा फर्की फर्की आयाे
चाडपर्व मान्ने बेला ज्यान धेरै खायाे।

देशैभर अविरल वर्षा हुँदाखेरि
साताेपुत्लाे गयाे मेराे भएँ हेर्या हेरी।

पहाडमा पैह्राे झर्याे गाउँ पुरिदियाे
तराईमा डुबानले क्षति गरिदियाे।

सडकमा उर्लिएर खेलानाला बगे
हेर्दा हेर्दै गर्ल्याम् गुर्लुम् कति घर ढले।

यात्रा गर्दा बाटाबाटै कति ज्यान गयाे
कति जन बगाएर कता लयाे लयाे।

थातबास भुटिदियाे गाँस लुटिदियाे
लालाबाला अनाथकाे काख खाेसिदियाे ।

जताततै रूवाबासी चल्याे हाहाकार
पापी काल जीवन याे पार्याे अन्धकार।

हामी पढ्ने कक्षाकाेठा भए पानी पानी
झरी लाग्याे अति सारै गर्याे मनाेमानी।

भत्किएका स्कुल हेर्दा मन रून्छ मेराे
कुरूप भाे धरती नै सारा सेरेफेराे।

साथीभाइ सानासाना भविश्यका तारा
चुँडाएर लगिस् दैव के हाे तेराे पारा?

सहनुकाे अर्काे बाटाे छैन हामीसित
सिर्जनाकाे फूल राेपी गाऊँ नयाँ गीत।

हातेमालो गरी अब आँसु पुछी उठाैँ
मानवकाे हित गर्न आपसमा जुटाैँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

17 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

17 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

17 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago