Categories: बाल कथा

मुस्कान


तुलसी पण्डित

मेला जान लागेकी आमालाई बच्चाहरुले सानो स्वरमा भने, “आमा हामीलाई पनि ल्याइदिनु है ?”
आमा सोच्छिन्।
विचराहरु। घरमा टन्न खान पाएको भए यसो भन्ने थिएनन् होला। एक मानो चामल पकाएर सातजनालाई एकै चोटी भाग लगाउनु पर्छ। उनीहरु अझ छिटोछिटो खाइ सकेर आफ्नो भागमा हेर्छन्। सबैलाई त्यै आफ्नो भाग अलिअलि थपिदिन्छु। तै रमाउन्नन् उनीहरु।
मेलामा खाजा खाने बेला भयो। घरबेटी आमा कराउनु भयो। “यो कालेकी आमालाई खाजा न दिए पनि हुन्छ। कहिले खाजा खाने होइन।”
अर्की खेताली बोलिन् ।
“घरवेटी आमा छोराछोरीको माया कस्तो हुन्छ थाहा छैन र हजुरलाई?”
“हेर मैले खाजा पोको पारेर केटाकेटीहरुलाई कहिले पनि घरमा लगिन। बच्चाहरुलाई टन्न पेटभरी खान दिएपछि कहाँ आस गर्छन् र।” खाजा माग गर्ने बच्चा कि आमा सोच्छिन्।
“भए कसले दिदैनथ्यो र आफ्ना छोराछोरीलाई।”
घरबेटी आमाले दिएको खाजा उनले पोल्टामा राखिन्। बेलुका घर गएपछि बच्चाहरूलाई खान दिइन्। बच्चाहरुले खुशी हुँदै खाजा खाए। यसमा उनी रमाइन्। उनले सोचिन्।
“साहुनीको गालीको तिखो वाणलाई भुलाउन सक्ने शक्ति त अहिले पो पाए उनीहरुको मुस्कानमा।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

18 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

18 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

19 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

2 days ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

2 days ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

3 days ago