शुक्रराज कुँवर
बलभद्रपथ , धरान १०

रनबहादुर भुनभुनाउँदै तल्लाघरे कुमालेकहाँ पुग्यो। “के भयो दाइ आवेशमा हुनुहुन्छ त ? ” कुमाले भाइले हार्दिकता पूर्वक बस्न आग्रह गर्दै आफ्नै काममा तल्लिन रह्यो। “के हुनु नि छोरोले वाक्क लगायो । भर्खर नौ वर्षको छ । चकचके त्यस्तै, मुखाले त्यस्तै, उपद्रोको त कुरै नगरुम । हिजोमात्रै किनेर ल्याएको हाँसको टिउरो खुट्टाले किचेर मारेछ । एक थप्पड दिएर आएको।” “बालबालिकालाई त्यसरी पिट्नु हुँदैन नि दाइ !” कुमाले भाइले प्रत्युत्तर गर्यो। “नपिटेर हुन्छ ? तह लगाउन परेन ? स्कूल जानेबेला त्यस्तै झगडा गर्छ । त्यसकी आमाले पुलपुलाएर राखेकी छे।” स्वास्नीलाई दोष थोपर्दै रनबहादुर झनै कुर्लिए । “त्यस्तो होइन दाइ …!” कुमाले भाइ केही भन्न खोज्दै थिए त्यसैबेला उसको छोरो सुकिलो स्कूले लुगा लगाएर बाहिर निक्ल्यो । विनीत मुद्रामा रनबहादु तर्फ फर्केर नमस्कार गर्यो र स्कूल तिर लाग्यो ।” ओहो …! छोरो भनेको त यस्तो पो हुन्छ त । मेरो छोरो त राक्षेस छ राक्षेस । छोरालाई कसरी यस्तो सुसंस्कृत बनाइस् हो भाइ ?” रनबहादुर डाहा मिश्रित स्वरमा बोल्यो । कुमाले भाइले माटाको कलशलाई अन्तिम आकार दिँदै भने , बालबच्चा भनेका गिलो माटाका डल्ला सरह हुन् दाइ , जस्तो आकार दिन चाहनु हुन्छ त्यस्तै बन्छन् ।”

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

23 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

23 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago