बासुदेव पाण्डे
मोती हुन् वा जलकणहरू जिस्किई हाम फाले
वीणा पानीसित प्रकृतिका बोटमा बज्न थाले ।
ओभानामा सलिल गहना राखिए बाछिटाका
पानी पर्दा अनुपम छटा, दृश्य जन्मे मजाका।।
आयो मानूँ गगन धरती जित्न, सत्ता हडप्न
पानी ल्यायो अमृतसरिको सिर्जना शक्ति थप्न ।
पृथ्वी बारी कृषक नभ हो मेघलाई पठाई
बेला- बेला जल तल खसी गर्छ सारा सिँचाइ ।।
प्यासी देखे तल जमिनमा पर्न थाले खडेरी
वर्षा गर्ने जल घनघटा छैन उस्तो अटेरी ।
बालीनाली जमिन बिरुवा जीव सन्तान ठान्छ
माली हो झैँ घन गगनको वृष्टिले सृष्टि धान्छ ।।
राखेजस्तै प्रकृति सुषमा चित्र कोरी थपक्क
मोतीरूपी जलकण खसे भूमिमा तप्पतप्प ।
फोका मानूँ कुसुम जलका फुल्दछन् यत्रतत्र
सत्ता धर्ती गगन-तक नै वृष्टिको एकछत्र ।।
हुन्छन् आफ्ना नियम यसका चाहिए पाइँदैन
बर्खा लागे जलमय धरा पाइए चाहिँदैन ।
पानी जम्मा कति सगरमा हुन्छ के जानिँदैन
रोके पानी गगन घनले सृष्टि नै धानिँदैन ।।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…