Categories: कविता

“वर्षा”


बासुदेव पाण्डे

मोती हुन् वा जलकणहरू जिस्किई हाम फाले
वीणा पानीसित प्रकृतिका बोटमा बज्न थाले ।
ओभानामा सलिल गहना राखिए बाछिटाका
पानी पर्दा अनुपम छटा, दृश्य जन्मे मजाका।।

आयो मानूँ गगन धरती जित्न, सत्ता हडप्न
पानी ल्यायो अमृतसरिको सिर्जना शक्ति थप्न ।
पृथ्वी बारी कृषक नभ हो मेघलाई पठाई
बेला- बेला जल तल खसी गर्छ सारा सिँचाइ ।।

प्यासी देखे तल जमिनमा पर्न थाले खडेरी
वर्षा गर्ने जल घनघटा छैन उस्तो अटेरी ।
बालीनाली जमिन बिरुवा जीव सन्तान ठान्छ
माली हो झैँ घन गगनको वृष्टिले सृष्टि धान्छ ।।

राखेजस्तै प्रकृति सुषमा चित्र कोरी थपक्क
मोतीरूपी जलकण खसे भूमिमा तप्पतप्प ।
फोका मानूँ कुसुम जलका फुल्दछन् यत्रतत्र
सत्ता धर्ती गगन-तक नै वृष्टिको एकछत्र ।।

हुन्छन् आफ्ना नियम यसका चाहिए पाइँदैन
बर्खा लागे जलमय धरा पाइए चाहिँदैन ।
पानी जम्मा कति सगरमा हुन्छ के जानिँदैन
रोके पानी गगन घनले सृष्टि नै धानिँदैन ।।

सारथि बाल पत्रिका

View Comments

  • Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

19 hours ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

20 hours ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago