युगल बसेल
गोठमा छ माली गाई
कति माया छ मलाई
मुन्टो हल्लाई हल्लाई
घाँस देऊ ,भन्छ मलाई।
साउनैमा ब्याइदेओस्
कौडे बाछो पाइदेओस्
बिगौती नि ख्वाइदेओस्
चारै माना दूध देओस।
बाले किनी ल्याएको
मैले मन पराएको
सपनामा नि देख्छु म
यसकै बुबु खाएको।
डेरीको दूध खानेले
गाईको दुध चिन्लान् र
पोके दुध छोडेर
गौवाको दूध किन्लान् र।
आमा, हाम्रो कुँडेमा
मालीको दूध तताउनू
रुन थालेँ भने म
बुबु दिई फकाउनू।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.