रामप्रसाद पन्थी
रेसुङ्गा न पा २, गुल्मी

पुसकाे महिना चिसाे त भइहाल्ने नै भयाे । त्यसमाथि बिहानी पख । जमिनमा तुसाराे सेताम्मे छ । उमेश कलेज जानका लागि बाइक स्टार्ट गरेर घरबाट निस्कन्छ । अलिक पर चाेकमा राेजिनाले पर्खिरहेकी हुन्छे । उमेशले राेजिनालाई बाइकमा चढाउँदै भन्छ ” राेजिना आज कलेज बङ्क गराैँ हुँदैन ? ” ” यति बिहानै कहाँ जानु उमेश ? बरू टिफिन टाइम पछि हिँडाैला हुँदैन ? साेसल टिचरले प्राेजेक्ट वर्क बुझाउन भनेकाे छ । मैले त गरेकै छैन । त्यसले त लास्टै बेइज्जत गरिदिन्छ । घरमा कुरा लाइदिन बेर गर्दैन । ” ” हाे त नि । त्याे टिचर त लास्टै ल्याङ्ल्याङ् गर्छ भन्या । मैले त उसलाई बाबाकाे नम्वर भनेर छिमेकी हरिकाे नम्वर टिपाएकाे छु । टन्टै साफ । ” तेस्राे घण्टीमा राेजिनालाई टाउकाे दुख्न थाल्छ । काेखामा रहेकी साथीले राजिना बिमारी भएकाे कुरा शिक्षकलाई बताउँछिन् । शिक्षकले भन्छन् – ” ज्यादै दुःखेकाे भए घरमा गएर आराम गर । नभए अस्पताल पनि जानू पर्ला । एक्लै जान सक्छ्याै ? ” शिक्षकले फेरि भन्छन् ” रिङ्गटा लागेर बाटाेमा लड्ने पाे हाे कि ? काेही त जानुपर्छ । काेही छ रोजिनाकाे घरकाे नजिकैको ? ” उमेशले हात उठाउँछ । ” तिम्राे त बाइक पनि छ क्यारे । पुर्याएर आऊ ” उमेशले स्वीकृति जनाउँछ । अनि राेजिनालाई लिएर निस्किन्छ । राेजिनालाई बाइकमा चढाएपछि उमेशले साेध्छ ” हाेइन के भयाे तिमीलाई एक्कासि ? ” ” बुद्धू ! टिफिनमा हिडेपछि भागेकाे हुँदैन ? यसरी आइडिया लगाएपछि त बिरामी भएर पठाएको भन्ने हुँदैन ?” ” ओ , त्यसाे पाे । माने तिमीलाई । अब चिया खाजा खाऊँ कतै गएर । ” दुबैजना क्याफेमा छिर्छन् । कफी खान्छन् । दिउँसो भेट हुने सल्लाहसँगै एक आपसमा छुट्टिन्छन् । बेलुका पाँच बजेतिर राेजिना साथीकाे घरमा वर्थ डे मनाउने भनेर आमासँग अनुमति लिएर निस्कन्छे । उमेश पनि आमासँग बजारतिर काम छ भन्दै निस्किन्छ । दुवैजना पिपलबाेटकाे चाैताराेमा भेट भएर रेष्टुरेन्टतिर छिर्छन् । नास्तामा पिज्जा खान्छन् । उमेशले बियर , सलाद र तास झिकाउँछ । दुईवटा गिलासमा खन्याउँछ । “लाै समाऊ राेजिना चियर्स गर्नुपर्छ । ” ” मैले अझसम्म लिएकी छैन । भाे उमेश म खाँदिन । बरू तिमी पनि नखाऊ ।” ” ह्या राेजिना तिमी पनि । केही हुँदैन क्या । काेल्ड ड्रिङ्स हाे याे । काेक जस्तै । ला‌ै लेऊ। ” राेजिना बाध्य भएर गिलास समाउछे । दुवैले गिलास ठाेक्याउँदै चियर्स गर्छन् । राजिनाले एक घुट्काे तानेपछि मुख बङ्ग्याउदै भन्छे ” छ्या ! कस्ताे नमिठाे हुँदाे रहेछ ।” “खादै जाऊ पछि मिठाे हुँदै जान्छ । ” उमेशले हाैसला दिदै भन्याे । राेजिनाले नाक थुनेर एक सासमै गिलासभरिकाे बियर सिनित्त पार्छे । उमेशले हुक्का झिकाउछ । दुवैले पालैपालो हुक्का तान्छन् । यतिञ्जेल राेजिनालाई झिमझिम पारिसकेकाे हुन्छ । उमेश भने झ्याप भैसकेको हुन्छ । उमेशकाे घरबाट फाेन आउँछ । ” हजुरबा बित्नुभयाे तुरुन्तै घर आउनु पर्याे । ” उमेश तनाबमा आउँछ । ” लाै खा हजुरबा बित्नुभएछ । घर जानुपर्ने भाे ।” राेजिना लर्बराउँदै भन्छे – “नगए हुँदैन ? म त साथीकाे वर्थ डे भनेर आएकाे । यस्ताे अवस्थामा कसरी घर जानू ?” ” हाेइन राेजिना घर त जानै पर्छ । म तिमीलाई घरसम्म पुर्याइदिन्छु । तिमी खाना खाएर आएँ भन । सुटुक्क आफ्नो काेठामा गएर सुत । यति गरेपछि भैहाल्छ ।” ” नाइ म त जादिन के ! बसाैं न आज । ” राेजिना उठ्न तयार नदेखेपछि उमेशले आफैले डाेर्याएर बाइकसम्म पुर्याउँछ । उमेशलाई बाबाकै फाेन आउँछ ” लाैन बाबू छिटाे आउनु पर्याे । कहाँ छस् ? “हस् बाबा ” भन्दै गाडीकाे स्पिड बढाउँछ । विपरीत दिशाबाट आएकाे टिप्परमा उमेशकाे गाडी ठाेक्किन पुग्छ । दुवैजना इन्तु न चिन्तु हुन्छन् । एम्बुलेन्सले साइरन बजाउँदै अस्पतालतिर कुदाउछ ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

4 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

4 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

2 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

2 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

2 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

3 days ago