Categories: कविता

“हरियाली”

रञ्जुश्री पराजुली

बसन्ति याम चारै तिर
हरियाली हुन्छ
हरियो रङ्ग सबकोलागि
गुण कारी हुन्छ
ठुला साना रुपका
हरिया बोट हुन्छन्
ठुला रुखले बाढी पैरो
छेकबार गर्छन्
तिनले फ्याँकछन् कार्वन
हाम्रो सास हाम्ले फ्याँक्ने
अक्सिजन तिनले रमाई तान्छन्
तिन्को हाम्रो संम्बन्ध
यति सार्हैघनिष्ट
बोटबिरुवा हाम्रा सास
मायाले स्यार्नु है
पाखापर्वत चारै तिर
रुख रोप्नु नि है
हरियो बन नेपालको धन
भन्नु नि पर्द्छ घर आँगन
वरिपरि फुलबिरुवा रोप्नु छ
रङ्गी र चङ्गी फुल देख्दा
मन खुशी हुन्छ फुरुङ्ग
त्य्सैले कतै खालिठाउँ
छोड्न हुँदै हुँदैन करेसाबारी
सम्याएर हरिया सब्जी
रोप्नु है साग धनियाँ
खुर्सानी रोप्न ठाउँ धेरै चाहिन्न
धासपात भन्छा फोहर
मल बन्न सक्छ
मल जल दिएमा
काउली मुला फस्टाइ
फलछन् हरिया साग र पात
स्वस्थ्य वर्धक हुद छन्
रोग व्याध जोगाएर
आँखा ज्वोति दिनेछन्
अकासको इन्द्रेनीमा
सात रङ्ग हुन्छ
राता नीला सहित
त्यहाँ हरियो हुन्छ
हरियो रङ्गले जीन्दगीलाई
स्वस्थ पार्द्छ प्रातकाल
हरियो घाँसमा खाली खुट्टा हिड्नाले
हरियो बोट बिरुवामा नजर घुमाई हेर्नाले
आँखा ज्योति बृद्दी भई स्वास्थ्य स्वस्थ हुन्छ रे

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

1 day ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

1 day ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

1 day ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

2 days ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

2 days ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

2 days ago