घनश्याम रेग्मी
उदास डाँफे किन गीत भन्छ
छन् वेदना भित्र कथेर रुन्छ
पहाड नाङ्गो मन यो उदाङ्गो
हो भाग्य मेरो किन विघ्न बाङ्गो ।१
डाँफे चरी खै किन आज एक्लै
गमेर बेंसीतिर हेरिराख्छ
म आज एक्लै भनी खिन्न पो झन्
छोडेर साथी सबले गएछन् ।२।
खाडी पुगे क्वै कति बेंसीमा छन्
झरे मधेसै कति लाममा छन्
छ राजधानी जनले भरेको
खुट्टै न अट्ने घरले थिचेको ।३।
राम्रा घडेरी सब खेत बारी
हिडे सबैले किन आश मारी
बगाइ तर् तर् पसिना खनिन्थ्यो
खाद्यान्न मीठा फल धेर फल्थ्यो ।४।
टाढा गएका सब फर्कि आऊ
न बिर्स आफ्नो निज जन्म ठाउँ
गयौ विदेशैतिर होस् कमाइ
सम्झेर फर्के निज धर्तिलाई ।५।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…