रुद्र अधिकारी
ईटहरी, सुनसरी
हालः लन्डन

“ए भोला तेरो यहाँ कलम खसेको रहेछ, आइज उठाएर लैजा “ आमाले देखाउँदै भनिन।
भोलाले चुरोट टिप्यौ र हत्त-पत्त गोजीमा लुकायो । उसले आमासँग आँखा जुधाउन सकेन । आमासँग आँखा छलि नसक्दै उसका आँखा रसाई सकेका थिए । उसले आमाको अगाडि कहिल्यै पनि धुम्रपान गरेको थिएन । आमाले चुरोट हो भन्ने जान्दा जान्दै कलम भनेर दिएको बुझेर होला उसलाई धुम्रपान गरेकोमा हिनताबोध र आत्मग्लानि भयो ।


हजुरआमा र बुबाको लुकाछुपी अनुले हेरिरहेकी रहिछन । उनले बुबालाई भनिन् “बाबा तपाईँलाई हजुरआमाको अगाडि धुम्रपान नगरेर उहाँको मान गरेजस्तो लाग्दो हो, वास्तवमा तपाईँले हजुरआमालाई मात्र हैन आफैँलाई पनि धोखा दिनु भएको छ”।
“तिमी जन्मनु भन्दा अघिदेखि लागेको लत, के गर्नु ? थाहा हुँदा हुँदै पनि छोडन गाह्रो हुँदोरहेछ ।” भोलाको तयारी जवाफ थियो ।
भोलाको कुरा सुनेर आजित हुँदै अनुले भनी, “त्यसो हो भने म पनि आज देखि हजुरले नदेख्ने गरी धुम्रपान गर्छु ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

21 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

21 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

22 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago