सुस्मिता अधिकारी
काठमाडौँ
हिमाल ,पहाड र तराई अत्यन्त मिल्ने साथीहरु थिए। एकको समस्यामा अर्कोले काँध थाप्थे। तसर्थ उनीहरुको संसारमा राम्रो परिचय थियो। हिमालबाट बगेको हिमनदीले पहाड र फाँटको तिर्खा मेटेको थियो। फाँटले पहाड र हिमालको भोक मेटाएको थियो। हिमालले पहाड र फाँटको रोग निको पार्न सहयोग गरेको थियो। बिस्तारै सोचाई बदलिन्छ।
सबैलाई आफु सबैभन्दा प्रमुख लाग्छ। बिस्तारै पहाडका जंगल मासिन्छन। पहाड समथर हुन्छ। सौन्दर्य घट्दै जान्छ। बोल्दैनन हिमाल र फाँट। फाँटका नदीले गन्तब्य परिवर्तन गर्छन। बोल्दैनन हिमाल र पहाड। चुरे मासिन्छ बोल्दैनन हिमाल , पहाड र फाँट। बिस्तारै गर्मी बढ्छ ,मूल सुक्छ , उत्पादन घट्छ। तिनै जना मित्र मौन बस्छन। थपिदैंन हिऊ ,पग्लिन थाल्छ। हिमाल पहाड बन्छ। सुन्दरता गुमाएको हिमाललाई गन्दैनन कसैले। एकले अर्काको साथ नदिँदा तीनै जनाको अस्तित्व समाप्त हुन्छ। अब फेरि पुनः आफ्नो अस्तित्व प्राप्त गर्न सबैले एकताको बल देखाउनु आवश्यक हुन्छ।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…