Categories: बाल कथा

भ्रुण परीक्षण

दुर्गा वनवासी

क्लिनिकमा भ्रुण परीक्षण गराउन आएका जोडीलाई मैले परीक्षण गर्नुपर्ने कारण सोधेँ। पति चाहिँले भने- “छोरा भए राख्ने, छोरी भए फाल्ने ।”
आमा चाहिँ बोलेकी थिइनन्, उनको मनसाय बुझ्न खोज्दै भनेँ- आमाको राय पनि जरुरी हुन्छ नि !
पतिले तुरुन्तै प्रतिवाद गर्दै भने- “मैले नकमाए आमा र बच्चालाई कसले पाल्छ नि सर ? त्यही भएर जे मेरो निर्णय हो, उसको पनि त्यही हो।हाम्रो समाजमा पतिको कुरा काट्ने चलन छैन।प्रायः सबैले छोरी बच्चा भए फालिदिने गरेका छन् ।”
पत्नीतिर हेरें, टलपल आँखा झुकाइन् उनले। फेरि पतितिर हेर्दै सोधें- बच्चा छोरा रहेछ भने यसलाई के बनाउन चाहनुहुन्छ नि ?


हौसिँदै भने उनले- “हजुरजस्तै डाक्टर !”
अनि डाक्टर छोरालाई बुहारी पनि गतिलै पढेलेखेकी ल्याउनु पर्यो नि, होइन ?
“हो नि सर ! छोराको स्तर अनुसारकै बुहारी चाहियो नि !” उनी झन् फुर्किए ।
अनि बिहे चाहिँ जातिभित्रै गर्नु हुन्छ कि बाहिरको पनि चल्छ ? पुनः प्रश्न मेरो ।
“कहाँ सर, जातिबाहिर बिहे गर्यो भने त समाजबाट बहिष्कार हुन्छ हाम्रो समुदायमा त !”
अब मेरो कुरा सुन्ननोस् ! पहिलो कुरा त गर्भपतन कानूनी अपराध हो । अर्को कुरा तपाईँको समाजमा छोरी बच्चा फाल्ने चलन छ, बिहेवारी जातिबाहिर गर्नु हुँदैन । अब भन्नोस्, सबैले छोरीलाई भ्रुणमै फालेपछि तपाईँहरुका योग्य छोराहरुले बुहारी कताबाट ल्याउने ?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

20 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

20 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

21 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago