Categories: विविध

आत्मविश्वास


रम्भा पौडेल

प्यारा नानीहरु !
तिमीहरुलाई थाहा छ —माहाभारतमा अर्जुनको रथको सारथी भगवान श्रीकृष्ण थिए। आज तिम्रो सारथी बालपुस्तक छ।
आज म तिमीहरुलाई आत्मविश्वास के हो भन्नेबारे बताउँछु।
आत्मविश्वास भनेको आफूलाई आफैले विश्वास गर्नु हो । आफूभित्रको दृढ विश्वास जीवनको सफलताको साँचो हो। तिमीले काम शुरुगर्नुपूर्व आफूमा काम गर्न सक्छु भन्न्ो कुराको विश्वास हुनु पर्दछ ।जव तिमीमा आत्मविश्वास बढ्छ तव तिमीले आफूले भनेका कुरा आफैँ सुन्न थाल्छौ र मनन् गर्न थाल्छौ । यसले विस्तारै तिमीमा अल्छीपना त्यागेर जाँगर र उत्साह बढ्दै जान्छ । आफ्नै मनलाई बुझ्ने र धैर्यताका साथ अरुका कुरा सुन्ने बानीले जीवनलाई अनुशासित बनाउँछ । त्यतिमात्र नभइ अरुले भनेका शब्दहरुको अर्थ बुझेर निर्धकताकासाथ उत्तर दिन सकिन्छ ।
तिमीले जीवनमा पढेर माथि माथि पुग्दा पनि आत्मविश्वास छैन भने त्यो किताबी प्रमाणपत्र मात्र बन्दछ । धेरै कुरा तिमी आफैँले खोज्ने, सिक्ने बानीबाट आफ्नो भरोसा बढदै जान्छ । कुनै पनि काम नगर्दासम्म नयाँ हुन्छ । जब तिमीले त्यसलाई आफैँ गर्न थाल्छौ सबै सहज लाग्नथाल्छ।
आत्मविश्वास जीवनमा आउने दुःख, पिडा, कठिनाई सबैलाई पार गर्न सक्ने एउटा हतियार हो । म गर्न सक्दिन भन्नुभन्दा म गर्न सक्छु भन्ने शब्द धेरै बलबान हुन्छ । तर बुझ्नु पर्ने के छ भने — आत्मविश्वास अरुले हौसाएका भरमा नभै तिम्रो आफ्नै अन्तरआत्माबाट आउनु पर्दछ । यो तिम्रो एकएक साना कामको सफलताबाट उत्पन्न हुन्छ। यदि तिमीले आफैँलाई विश्वास गर्न थाल्यौ भने तिम्रो पढाइ पनि सहज लाग्न थाल्छ । हरेक काम बोझ नभइ रुचिका विषय बन्दछन।,
कहिले काही जीवनमा असफल पनि हुन सकिन्छ । असफल हुँदा धेरै नानीहरु हतास भएको सुनेका छौ । यदि तिमीमा आत्मविश्वास छ भने असफलता पनि जीवनको शिक्षा हो भन्ने बुझ्नेछौ । प्रत्येक दिन प्राप्त गरेका सानासाना सफताले नै तिम्रो जीवनमा ठुलो सफलताको बाटो कोर्दछन् भन्नेकुरा बिर्सनु हुँदैन । एकैचोटी ठूलो सफलता खोज्नु मुर्खता हुन्छ।
अन्त्यमा
आत्मविश्वासले साहस बढाउँछ । लगनशिल, साहसी र उत्साही ब्यक्तिले नै जीवनका नयाँ नयाँ अवसरको ढोका खोल्दछन् । त्यसैले तिमी आफ्नो क्षमतामा र आफैँमा विश्वास गर । जीवनको उज्यालो ढोका आफैँ खुल्दै जानेछन्।

सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

15 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

15 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago