Categories: बाल कथा

बाल अधिकारको कथा


रञ्जुश्री पराजुली

रामबाबुका बुढाबुढी दुबै समाज सेवा गर्दथे। समाज सेवा गर्नमा ती दुई को भन्दा को कम थिए । भाषण दिन पनि सिपालु थिए।
रामबाबु जतिसुकै समाज सेवामा चर्चित भए पनि घर भित्र उनको हुकुमी शासन चल्दथियो । बुढीलाई त्यो मन पर्दैन थियो । तर पुरुष प्रधान घर भित्र उनको केही चल्दैन थियो । यहाँ सम्म कि घरायसी किनमेल पनि बुढा नै गर्थे। बुढीले केही किनेर ल्याएको छ भने सबै हिसाब बुझाउँनु पर्थ्यो । उनी पनि स्कुलकी शिक्षिका थिइन् । थोर बहुत महिनावारी आउँथ्यो । तर पनि मन लागेको कुरा किन्न सक्दिन थिइन्।
घर धन्दा गर्न रामबाबु कि आमाले गाउँबाट गरीब , बाबू नभएकी , दुखी आमाकी छोरीलाई “स्कुल भर्ना गरिदिनु अनि बिहान बेलुकी घरको काम लागाउनु” भनेर साबित्री नाम गरेकी केटी पठाएकी थिइन् । तर साबित्री स्कुल जाने त के कुरा , स्कुल देखेकी सम्म थिइन । बिहानदेखि बेलुका सम्मको घरधन्दा सबै उसैले गर्न पर्दथियो । काम गर्दा थकाई लागेर कहिले काहीँ निन्द्रा लाग्द्थियो । त्यो बेला बुढा बुढी जस्ले देखे पनि ” तेरो निन्द्रा बिउँझाउने” भनेर पिटने , भुत्ल्याउँने गर्थे । उ डराउँथी । एक दिन घर भित्रको सबै काम सके पछि एक बाटा जुठो भाडा र अर्को एक बाटा धुने लुगा लिएर बाहिरको पम्पु धारामा काम गर्न लागि।
त्यो दिन बालदिवस भएकोले रामबाबु बुढी सहित वडाले गरेको कार्यक्रममा बाल अघिकारको विषयमा भाषण दिएर सन्तुष्ट भएर आएका थिए । सावित्री लुगा धुँदै थिई। वडामा राम बाबुको भाषण सुनेर प्रभावित भए उनलाई बधाई दिन बाल अधिकार कार्यालयबाट केही व्यक्ति उनलाई भेट्न आए । घन्टी बजेको सुनेर सावित्रीले गेट खोली । त्यस बेला उसको लुगा भिजेको , हात भरी सावनको फिज थियो । आउनेले “तिमी को हौ नानी” भनेर सोधे । “म यो घरको काम गर्ने केटी हुँ ।स्कुल गएर पढ्न पाइन्छ भनेर आमाले असल भएर राम्रो सङ्ग काम गर है । भविष्य उज्यालो हुन्छ” भनेर पठाउनु भएको तर स्कुल जान पाएको छैन भनी ।” पिटनु हुन्छ तिमीलाई” । किन नपिट्नु। “कति भयो यहाँ काम गरेर बसेको ?”
“एक बर्ष भयो क्यारे।”
“सरलाई भेट्ने मान्छे आएको छ भनेर खवर गरिदेउन त ।”
साबित्री सरलाई बोलाउन भित्र पसी।
ती मान्छेहरु “बाल अधिकारका कर्मचारी रामबाबुको भाषणबाट प्रभावित भएर उनलाई बालाधिकार भित्र सदस्य बनाउँने उद्देश्य लिएर आएका थिए । तर उनको घर भित्र पसेपछि “बाल अधिकारको हनन्को मुद्दामा अपराधीको रुपमा सजाय, क्षतिपुर्ती तिर्न पर्ने पुर्जी काटेर उनको हातमा थमाउँदै साबित्रीलाई बालअश्रममा राख्न लिएर गए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

15 hours ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

15 hours ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 days ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

4 days ago