Categories: Uncategorized

आत्म सम्मान


रीता सिंह ‘सर्जना’
तेजपुर,असम

“मनु, के तिमी काम गर्छौ ?” दिनहुँ केही न केही माग्न आउने मनुलाई देखेर रुपालीले भनिन्।
“के काम छ दिदी ?”
“घरको साफसफाइ । यदि तिमी चाहन्छौ भने, मेरो घरबाट सुरु गर्न सक्छौ।”
“तर म हरेक दिन आउन सक्दिन।”
“कुनै समस्या छैन, जहिले मन लाग्छ आउ।” उनी सहमत भइन्। रुपालीले भनिन्- “आऊ, आज घर सफा गरौँ।” उनलाई सहयोग गर्ने उद्देश्यले उनले काम दिइन।
जब उनी आफ्नो काम सकेर जान लागिन् तब मनुले भनिन्- “ल दिदी ! अब म जान्छु।”
“काम सकियो ? तिमीले सबै समान लियौ नि ?”
“हजुर दिदी!”
मनुलाई दुई सय रुपैयाँको नोट दिँदै उनले भनिन्, “यो राख, परिश्रमसँग कहिल्यै डराउन हुँदैन किनभने यो नै साँचो कमाइ हो । खुसी भएर मनुले पैसा लिएर गइन् ।
छोरीले आमालाई सोधिन्- “आमा, तपाईँले मनुलाई काममा लगाउनु भएको यो कुरा मैले बुझिनँ, जब तपाईँ आफैँ काम गरिरहनुभएको छ। त्यसोभए उसलाई काममा लगाउनुको अर्थ के हो? तपाईँले त्यसै पनि बिना कामको उसलाई पैसा दिन सक्नुहुन्थ्यो।”
“तिमीले सही भन्यौ छोरी, म उसलाई पैसा दिएर मद्दत गर्न सक्छु तर यो सहयोग उसलाई सित्तैँको लतमा नलगोस्, त्यसैले आज मैले उसलाई कामको बहानाले साथमा लिएर काम गरेकी। ताकि उसले सिर उठाएर भन्न सक्योस् कि यो मेरो मेहनतको फल हो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

4 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

4 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago