रञ्जुश्री पराजुली
तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो । उसकी सानी बैनी रमा र उ पतन आमा सङ्ग जाने अतन टीका लगाउनेकुरा भएको छ । उसको मामाघर जनकपुर मिथिला नगरी हो। मामाघर शहर देखि टाढा नै छ । घरसम्म मोटर बाटो पुगेको छ । दईु जना मामाहरु ,हजुर बाबा हजुर आमा ,माइज्यु, उ भन्दा दई वर्षले जेठो राजु दाइ ,अतन ठूलो मामाकी सानी छोरी बैनी सबै सङ्ग भेट्न पाउने भन्ने सोचेर उमेशलाई कहिले मामा घर पुगुँला जस्तो भैरहेको छ । सानो गोपाल मामा जनकपुर मेडिकल कलेजमा डाक्टरी पढ्दै गरेकोले भेट हुन्छ कि हुँदैन भन्ने मनमा लागिरहेको थ्यो । त्यसैले पक्का गर्न उसले आमालाई” गोपाल मामा तिहारमा टीका लगाउँन घर आउनुहुन्छ कि नाइ” भनेर सोध्यो। “आउँछ, उसको पनि तिहारको बिदा हुन्छ ” भनेर आमाले भने पछि उसले आफूले पाउने दक्षीणामा गोपाल मामाले एउटा मात्र भाञ्जा ,कहिले काँही मात्र आउने भनेर मलाई पाँच सय दिनुहुन्छ होला ” भन्ने सोच्दछ । स्कुल बिदा हुनुभन्दा अगाडि उसले मामा घर लिएर जाने आफूले लेखेको कथा कविताहरु अनि अरु लेख्नलाई कलम, कापी सबै मिलाएर झोलामा राख्छ। उसको बिदा छठसम्म हुन्छ। यो पटक आमाले मामा घरमा नै छठिया माईको पूजा गर्ने भनेकोले धेरै दिन मामा घर बस्न पाइने भयो भनेर दङ्ग परेको छ । उसको घर विराटनगर हो । त्यहाँबाट बीचमा बस बदलेर जनकपुर जानुपर्छ । बस स्टेसनबाट मामा घर पुग्न टेम्पोमा एकघन्टा जति लाग्छ तर ठूलो मामाको आफ्नै गडी भएकोले उहाँ लिन आउँनुहुन्छ। मामा घर उ, आमा र बैनी मात्र जाने हो । बुबा नजाने। स्कुल दशैँ तिहाको बिदा भएको दिन उसले साथीहरुलाई खुशी हुँदै” भोलि हामी म, बैनी र आमा मामा घर जनकपुर जाने । जनकपुर रमाइलो छ । त्यहाँ राम सीताको ” नौ लख्खा मन्दिर पनि “छ । त्यहाँ दर्शन गरेर मात्र ममाघर जाने।” मामा घरमा सबैले माया गर्छन्। भान्जा बाबु भनेर माया गरेर दक्षीणा पैसा, मीठा खानेकुरा,नयाँ लुगा आदि दिन्छन् । मामा घरमा ठूलो मामाको छोरा आठ कक्षामा पढ्ने अशोक दाइ पनि हुनुहुन्छ ।मलाई धेरै माया गर्नुहुन्छ । आफ्नो खेती तिर साईकल चढाएर घुमाउन लैजानुहुन्छ । त्यहाँका किसानहरुले पनि भान्जा बाबु भनेर मलाई माया गर्दै दही मोही खान दिन्छन्। कोहित भान्जा बाबु भनेर दक्षीणा पैसा पनि दिन्छन्।आहा … मामाघर जान कति रमाइलो भन्ने सोच्दा पनि उमेशलाई खुशी लाग्छ । भोलि मलाई र बहिनीलाई नौ बजे घरबाट हिड्ने भनेर आमाले उसलाई बेलुका आठ बजेनै सुत्न पठाउनुभयो । उमेश कहिले बिहान होला र मामाघर तिर जाउँला भन्ने सोच्दा सोच्दै निदायो । त्यो दिन कालो निलो भएर घनघोर ठुलो वर्षा भयो । बिहानको समाचारले देश भरि नै भारी ठूलो वर्षा भएर ,बाढी पैरोले राज मार्गहरु अवरुद्ध भएको छ । कतै पूरा गाउँनै पैरोले पुरेको छ भनेर समाचार प्रचार प्रसार भयो । बाटो घाटो सबै बन्द भएकोले उमेशको मामाघर जाने धोको पूरा भएन ।
रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…
निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…
अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…
सुदर्शन अम्बटे भाषा-भाषा भन्दै ज्यानै दिन्थ्यौँ हामी, अचेल हाम्रा नानीहरूलाई इङ्लिस लाग्छ दामी। नर्सरीको एस-मेस-ठेस'ले…