१• भान्सा कोठा छोरी मान्छेहरुको लागि मात्रै होईन। छोरा मान्छेले पनि भान्सामा गएर चुलो बालेर खाना वा नास्ता बनाउन सिक्नुपर्छ। घरका आमा दिदीबहिनीले नभ्याउँदा आफै भान्सामा गएर खाना बानाउँन सक्नुपर्छ।
२• छोरी मान्छेलाई इज्जत गर्न सिक्नु पर्छ किनकि उनीहरु पनि छोरा मान्छे बराबर हुन। उनीहरुले भनेका बोलेका कुराहरु ध्यान दिएर सुन्ने र बुझ्ने गर्नुपर्छ।
३• सरसफाइ नै सज्जनको पहिचान हो। नियमित नुहाउने गर्नुहोस्, हात खुट्टाका लामा भएका नङहरु काट्ने सफा गर्ने गर्नुहोस् र आफुलाई सधैँ सफा राख्ने प्रयास गर्नुहोस्।
४• अरुलाई असहज बनाउने हास्यास्पद कुराले कहिल्यै बास्तविक रमाइलो हुँदैन। यसो गर्नुबाट जोगिने गर्नुहोस।
५• कसैलाई फोनमा छोड्छु, वा ब्लक गर्छु भन्ने शब्द भन्दा भद्र कुरा अरु हुनै सक्दैन।
६• आधारभूत उपकरण वा घर मर्मत सम्बन्धित सिक्नुहोस। छोरा मान्छेको जीवनमा यिनीहरुको अत्यन्तै आवश्यक हुन्छ।
७• जब तपाईँले छोरी मान्छेलाई “के भयो?” भनेर सोध्नुहुन्छ। अनि उनले “केही भाको छैन” भन्ने उत्तर दिन्छिन भने उनलाई “केही भएकै छ ” भनेर बुझ्ने गर्नुहोस्।
८• एउटी घर रेखदेख गर्ने आमा, दिदी बहिनी वा भाउजूको काम तपाईँको जस्तै गाह्रो हुन्छ। तपाईँले अफिसमा ८ घन्टा काम गर्दा हुन्छ भने, घरमा बस्ने महिलाले बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म दिनदिनै काम गर्नुपर्छ, घरमा बसे पनि उनीहरुको काम अफिसमा काम गर्नेको भन्दा सजिलो हुँदैन।
९• घरमा खाना खाने टेवल कुर्सी मिलाउन सिक्नुहोस, बिहान उठ्ने बित्तिकै ओछ्यान मिलाउन सिक्नुहोस जीवनमा काम लाग्ने छ।
१०• साथीहरूले कहिलेकाही नराम्रो बाटोमा जानको लागि उक्साउँछन- हुँदैन वा यस्तो काम गर्दिन भन्न सिक्नुहोस। यही कुराले तपाइँलाई मजबुत बनाउँछ।
११• आफ्नो समस्या समाधान गर्न कुनै रिस वा जिद्दी गर्नु हुँदैन- सधैं शान्त भएर बोल्नुहोस।
१२• आफुलाई जोगाउने तरिका सिक्नुहोस। आफू होसियार हुनु जिन्दगीको हिस्सा हो।
१३• कसैलाई पनि गिराएर कुनै सब्द प्रयोग नगर्नुहोस्। यसले तपाईँको ज्ञानको कमी देखाउँछ।
एउटा छोरालाई मान्छे बनाउन स्कुल-कलेजको ज्ञानले मात्रै पुग्दैन। आमाले सिकाएको मान सम्मान र आदरले मात्रै उसलाई वास्तविक शिक्षा शिक्षित र वास्तविक मान्छे बनाउँछ।।
साभार- सन्तोष कार्की मौसुफको फेसबुक वालबाट
इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…
View Comments
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.com/fr/register?ref=T7KCZASX
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?