Categories: बाल कथा

शिक्षा


देवराज कार्की मिलन
मोरङ

एक दिन राजा केही सिकारी लिएर घोडामा चडेर सिकार खेल्न दरबार बाट निस्के। धेरै बेरको यात्रा पछि राज्य भन्दा निकै टाढा एउटा घनघोर जंगलमा पुगे। गोली गठ्ठा बन्दुक राजाका सुरक्षागार्ड र सिकारी जंगल भित्र पसे। जंगल पटेर बाक्लो थियो। स्यानो गोरेटो जस्तो पछ्याउँदै उनीहरु अघि बढे।
जंगलको एक थुम्कोको चारैतिर सिकारीले घेरे र झाडी झोर्न थाले। राजा घोडामा गौडो ढुकेर बसे।एउटा सिकारी पनि राजा सँगै थियो। बन्दुकमा गोली भरेर सिकारीले राजालाई थमायो र आफू पनि बन्दुक बोकेर तमतयार भयो। सबैतिरबाट हर्काए पछि हरिण उफ्रिदै राजा भएको गौडातिर कुद्यो। जब हरिण नजिकै आयो राजा र सिकारीको निसाना एकै पटक हरिनतिर गोली पढ्क्यो। हरिण गोली लागेर ढल्यो।
सबै सिकारी र सुरक्षागार्ड जम्मा भए। अनि मृत हरिण लिएर दरबार फर्कन थाले। बाटोमा राजाले तीन जना नौजवान केटा देखे। राजाले ती केटालाई आफुतिर डाके।
“यो अनकन्टार जंगलमा तिमीहरू कता हिँडेका युवक हो ?” राजाको प्रस्न थियो।
“हामी युवा हौँ काम केही छैन साह्रै दुःख पाएका छौँ। केही खाने कुरो भेटिन्छ कि भनेर हिँडेका हौँ। निराश छौँ। एकै पटक तीनै जनाले भने।
“म यो देसको राजा हुँ। म सबैको भलो चाहान्छु। तिमीहरु बेरोजगार रहेछौ। लु आफुलाई लागेको कुरो आफ्नो लागी एक एक जना गर्दै माग म दिन्छु।” राजाले यी युवाको मलिन अनुहार देखेर भने।
सबै भन्दा अगाडि हुने युवक बोल्यो “मलाई अथाह सम्पती दिनुहोस्। मलाई पैसाको दुःख नहोस्। ” राजाले उसलाई टन्न सम्पती दिए।
दोस्रोले भन्यो” मलाई ठूलो महल,गाडी र पैसा दिनुहोस्। म सुख सँग बस्न सकूँ।”
तेस्रो बोलेन। राजाले सोधपुछ गरे” ल भन युवक तिमी के माग्छौ ?”
“मलाई धन सम्पती गाडी घोडा केही चाहिँदैन। दिनु हुन्छ भने मलाई शिक्षा दिनुहोस्।” राजाले उसलाई विद्या आर्जन गर्ने ठाँउमा पठाएर पढ्ने ब्यवस्था मिलाई दिए।
एक दशक बिते पछि राजाले आफ्नो राज्यमा भएका ती तीन जनालाई भेट्ने चाहाना राखे। सेनाले हर प्रयत्न गरेर ती तीन जनालाई दरवार लगे।
राजाले असंख्य धन सम्पत्ति दिएको पहिलो युवकलाई सोधे ” अहिले त खुसी छौ होला नि। धन सम्पत्ति प्रसस्त छँदैछ ?”
निन्याउरो अनुहार लगाउँदै पहिलो बोल्यो ” महाराज मैले सबै सम्पत्ति मोजमस्ती मै सकेँ। आउने बाटो केही थिएन महाराज बाट बकस भएको सम्पत्ति रवाफमा खर्च गरेर सकेँ। अहिले त साह्रै दुःख छ पहिला जस्तै।” राजा मुसुक्क हाँसे। राजा दोस्रो युवकतिर फर्केर सोधे। उसको हालत पनि उस्तै थियो। राजाले भने ” के गर्दैछौ त युवक ? हाल खबर के छ। घर गाडी घोडा ?”
रुञ्चे अनुहार लिएर दोस्रो बोल्यो” मेरो त घर व्यबहार राम्रोसँग चल्दै थियो। एक रात बाडी पहिरो आएर घर गाडी जमिन सबै बगाएर लग्यो। म पहिलाको जस्तै दुःखी भएको छु महाराज।” राजा एकछिन घोरिए। सुस्ताए अनि अर्को युवकतिर फर्के।
“अनि युवक तिमी के गर्दैछौ ? तिम्रो पनि हालत उस्तै कि अलि फरक छ ?” राजाले चिनजान सधैँ भए झैँ सोधे।
तेस्रो शिक्षा माग्ने युवक मुसुक्क मुस्कुराउदै भन्न थाल्यो ” महाराज मैले धेरै शिक्षा पाएँ। मलाई सबैले कदर गर्न थाले। मेरो विवेक देखेर महाराज आफैले मलाई प्रधानमन्त्री दिनु भयो। म सँग अहिले गाडी घोडा मान सम्मान पैसा सबै छ। मैले महाराजसँग मागेको शिक्षाले मलाई सबै कुरो दियो महाराज।”
महाराज सोच्दै थिए” सुरुमै आत्तिएर लोभ गर्नेहरू आखिर कंगाल नै भए। सुरुमा जो लोभमा फसेन उ सफल भयो।” त्यही भएर पुर्खाले भनेको रहेछ” घाँटी हेरि हाड निल्नु नानी हो।”

 

सारथि बाल पत्रिका

View Comments

  • Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

1 day ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

1 day ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago