भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
“फुर्यो- फुर्यो” भन्दै कवि कोठाभित्र छिर्यो र चुकुल लगायो।
“हैन,के फुर्यो भन्छ यो ?” बुबाले बाहिरबाट चर्को स्वर गरे।
“काम छैन, जतिखेर नि त्यहीं लेख्न मात्रै जानेछ। घरमा के छ, कसो छ ? मतलब छैन, खाली आफ्नै धुन छ।” भाउन्निएको स्वरमा फेरि थपे।
ऊ भने जतिखेर नि कल्पनाशील मुन्द्रामा देखिन्थ्यो । आफ्नै अन्तर्मनमा हराउँथ्यो र केही न केही लेखिरहन्थ्यो। त्यो देखेर उनी सोच्थे, “के होला यसको भविष्य, के गरी खाला कुन्नी?”
उसको साथी विपिनलाई बोलाएर सम्झाउन लगाए, ” हेर कवि, यस्तो पाराले हुँदैन ? इलम गर, बृद्ध बुबाआमा छन्, परिवार छ, सबैको भरोसा होस् तँ ।”
उसले भन्यो, ” केही गरेनि सफल हुँदैन, खै किन हो ? न भने जस्तो काम पाउँछु न त व्यवसायमा फाइदा हुन्छ, लगानी पनि डुब्यो, नगरेको होर ।” उसले खिन्नता व्यक्त गर्यो।
दुबैका कुरा सुनिरहेका बुबाले कड्किदै बोले, “जुन काममा फाइदा हुन्छ त्यही काम गर्ने हो, तेरा साथीहरू कहाँबाट कहाँ पुगिसके ? तँ भने….।”
उसले, “कालो अनुहार बनाउँदै बुबाको तिखा बचनले टाउको निहुरायो।”
विपिनले लामो सुस्केरा ताल्दै भन्यो, “बाँचुन्जेल सम्मान पाउँदैन यिनीहरू मरेपछि इतिहास बन्छन्, काका ।”
रमेशचन्द्र घिमिरे पुतली झैँ हुन पाए संसार यो चुम्थेँ बादल जस्तै चारैतिर रमाएर घुम्थेँ फूलबाट…
सालिक राम सत्याल खजुरा ३ बाँके श्रावणी पूर्णिमाको उज्यालो बिहान थियो। आँगनमा तुलसीको मठ सुगन्धले…
प्रार्थना खनाल सुकेधारा श्रावणी पूर्णिमालाई वेदारम्भ कर्म, सांस्कृतिक कर्म भन्नुको तात्पर्य के हो बुवा ?…
आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…
लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…