Categories: बाल कथा

आमा सृष्टि हुन्


टीका सिवाकोटी आचार्य
इनरुवा सुनसरी

“जाडो निकै बढेको छ!” सिउ सिउ गर्दै दैलो नजिकैको अँगेनामा आगो ताप्दै बाहिर भित्र गर्दै गरेकी आमालाई हेरेर भरतले भन्यो।
“हो जाडो बढेको छ !” अगेनामा दाउरा राख्दै आमाले भनिन्।
बाहिर आगँनमा कुखुराको माउँले आफ्ना चल्लाहरूलाई माटो खोस्रेर खान सिकाउँदै थिई भने चल्लाहरु पनि रमाइ रमाइ खाँदै आमाको मातृवात्सल्य पाएर दंग थिए।
अचानक माउँले आफ्ना चल्लाहरूलाई कुँ कुँ गर्दै अगेना भएको छेउकुनामा लिएर आई र पखेटाले छोपेर बसी।
केही समय पछि अचानक अध्यारो हुँदै पानी पर्ने थाल्यो।
अघि देखि यो सब हेरिरहेको भरतले अचम्म मान्दै अगेनामा खोया हाल्दै गरेकी आमालाई भन्यो । “आमा हेर्नुस त
यो कुखुराको माउँलाई पानी पर्नु अगाडि नै पानी पर्छ भन्ने कुरा कसरी थाहा पाई है अचम्मै!”
आफ्ना चल्लाहरूलाई सुरक्षा गर्दै मातृत्व सहित पखेटा भित्र छोपेर राखेकी कुखुराको माउँतिर हेर्दै मुसुक्क मुस्कुराउँदै आमाले छोरालाई भनिन् _” बाबु त्यसैले त आमा सृष्टि हुन्!”

सारथि बाल पत्रिका

View Comments

  • Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

1 day ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

1 day ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago