Categories: बाल कथा

सकरात्मक सोच


मणिराज भट्टराई
गठ्ठाघर,भक्तपुर।
हाल – न्यूजील्याण्ड

“म नभए यो संस्था चल्दैन।”
“क” कड्केर बोल्यो आफ्ना सहकर्मी बीच।
“तपाइँ नभए पनि यो संस्था चल्छ । हामी छौँ। तपाईँबाट चलेको होईन। हाम्रो लगन र मेहनतले यो संस्था चलेको हो ।” कडा प्रतिवाद आयो सहकर्मीहरुबाट।
चर्काचर्की चल्दै थियो। कुरो यहाँ सम्म बढ्यो कि हात मिसामिस बाट हात हालाहालको स्थिति सम्म पुग्ने अवस्था देखियो।
यसैबीच “ख” को प्रवेश। मैले तपाईँहरुको सम्बाद परै बाट सुनिरहेको थिएँ।
तपाइँ “क ” तिर हेर्दै बोल्यो ” आफ्नो ठाउँमा ठीक हुनुहुन्छ। मलाई विश्वास छ ; तपाईँको चिन्ता मेरो कार्यकाल पछि यो सँस्था कसरी अझ राम्रोसँग अघि बढ्ला भन्ने हुनुपर्छ न कि यसको नेतृत्वमा सधैँ मै मात्र रहिरहनु पर्छ भन्ने ।”
अब सहकर्मीहरू तिर फर्कँदै बोल्यो ” मेरो बुझाईमा तपाइँहरु जिम्मेवारी वहन गर्न सक्षम हुनुहुन्छ। तपाईँहरूको चिन्ता पनि संस्थाकै हकहितमा प्रकट भएको हो। तपाईँहरुले देखाएको प्रतिबद्धता र तत्परताले यही कुरा प्रष्ट पारेको छ।”
एक छिन गम्भीर भएर सबैको अनुहारमा आँखा डुलाउँदै बोल्यो – “तर एउटा कुरा कहिल्यै नविर्सनु सबै थोक हुँदा हुँदै पनि सकारात्मक सोचमा कमी भयोभने कहीँ पुग्न सकिंदैन। ” ऊ त्यहाँबाट अघि बढ्यो।
सबैले एक अर्कालाई हेर्दै नजर झुकाए ।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

1 day ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

1 day ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago