गंगा खड्का
बूढानीलकण्ठ ,काठमाडौँ

“के गर्नु बाबु, एकातिर टाल्न खोज्यो अर्कोतिर चुहिन्छ। जति प्रयास गरे पनि कहिल्यै उँभो लागिने भइएन त।” धूप बाटेर बसिरहेकी सृजनाले छोरा अविरललाई भनिन्।
टेबुलमा घोप्टिएर पढिरहेको अविरलले सृजनाको मुखमा पुलुक्क हेर्यो,मुसुक्क मुस्कुरायो र उही ढङ्गमा पढ्न थाल्यो।
“तेरा बाबा हुनुभएको भए सायद यस्तो दु:ख हुने थिएन होला। यही धूप बाटेरै भए पनि जेनतेन गर्जो टरेको छ। तँलाई राम्रो कलेज पढाउन सकिनँ भने तँ पनि मुसाको छोराछोरी मुसा नै भने जसरी गरिब नै हुने भइस्।” सृजनाले आशङ्का व्यक्त गरिन्।
अविरलले सृजनालाई आश्वस्त बनाउँदै भन्यो, ”जोसँग ममतामयी आमा हुन्छिन् ऊ कहिल्यै गरिब हुन सक्दैन भन्ने कुरा थाहा छैन हजुरलाई?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“वसन्त”

देव भट्टराई रनवन हरियाली लाग्छ आयो वसन्त । विपुल विमल छायो फूल फुल्दा अनन्त ।।…

18 hours ago

गीत

दुर्गा घिमिरे विद्यालयमा हरेक शुक्रबार विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन हुने गर्थे। त्यो हप्ताको कार्यक्रम गीत…

18 hours ago

“न्याय”

लक्ष्मी रेग्मी खनाल वालिङ् स्याङ्जा आमा म टिउसन सकेर फर्किएकी थिएँ। त्यहि बेला मेरा कक्षाका…

19 hours ago

शिक्षा

राजन् कार्की पाजु धरान सुनसरी सरला पति लाई चिया थमाउँदै भन्दै थिईन्" लहै, आज छोरोलाई…

2 days ago

“जन्म घर”

रामचन्द्र ढकाल सानो सानो बुकुरो ढुङ्गे छानो चुचुरो हुर्की खेली बढेको कख गघ पढेको! तेते…

2 days ago

भक्ति

अम्बिका धिताल कमलविनायक भक्तपुर “ए दाइ, आज मन्दिरमा यस्तो भिड किन हो ?” टिनको छानामुनि…

2 days ago