भूमिका गैरे तिमिल्सिना
गैंडाकोट ४ नवलपुर
आमा दमको रोगी छिन् । उनलाई घरिघरि स्याँ स्याँ भइरहन्छ । वाफ लिई रहनु पर्ने हुन्छ । औषधी त कति हो कति ? घरपरिवारले अनेक गरे, झारफुक,ओखती, अस्पताल धाएको पनि महिनौ भएछ, तर निको हुँने छाँट थिएन । आजित परे ।
बुढाले समय समयमा औषधी ख्वाउँने, रेगुलर चेकअप गराउँने, सुगरको इन्सुलिन लगाउँने उनको दैनिकी बनेको थियो । बुढ्यौलीको लाठी हो, भन्थे । राम्रो हेरविचार गरेका थिए ।
बुढाले देखाएको माया अनि सामीप्यताले उनले केही राहत महशुस गर्थिन् र भन्थिन्, ” विगत सम्झदा यति स्याहार गर्नुहुन्छ भन्ने विश्वास लागेको थिएन, तर जीवनको उत्तरार्द्धमा एकअर्कोको महत्त्व बुझेकोमा उनी खुसी थिइन् ।”आज औँसी छोरी कतिखेर आउँछे भनेर उनी बाटो हेर्दै थिइन् । घरिघरि फोनमा घन्टी बजाउँथिन्, अरूका छोरी आउँदा उनलाई हतारो भएको थियो ।
फेरि फोनमा छोरीलाई भनिन्, “खाना बनाउँछु चाडै आउँनु है !” उनमा छुट्टै उत्साह आएको थियो, खुसी थिइन् । एक्कासी उनलाई ‘घ्यार घ्यार’ भयो | सास फेर्न असहज भयो, अचेत भइन् | एम्बुलेन्स बोलाए, अस्पताल लाने तरखरमा थिए ।
त्यत्तिकैमा छोरी आइन्, उनी आमाको समीप गइन्, “सुम्सुम्याउँदै आमा ! आमा !! के भनेकी थिइन्, उनी बौरिइन् ।” उनले पुलुक्क छोरीलाई हेर्दै शीतलताको आभास गरिन्।
मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…
लालबहादुर भुजेल पहिलै पहिलै हिन्दू धर्म संस्कृतिकाे पढाई, गुरूकुलमा हुने गर्थ्याे लेखाई र सिकाई !…
अन्जु शर्मा रातोपुल मूर्तिका आँखाबाट आँसु खसे। उसले ढोकाबाट अवलोकन गर्दै गरेका मूर्तिकारलाई नमन गर्दै…