Categories: कविता

“आमा”

राधा आचार्य

साक्षात् छौ जगमा अपार जननी आएर हाँसो छर्यौ
माता हौ शिरमा थपक्क सबका राखेर हातै धर्यौ
देऊ आशिष जिन्दगीभरि अहो! तिम्रो पथैमा हिँडूँ
आफू चालक वर्तमान म बनूँ उत्साह भर्दै जितूँ।

राखेको मनमा सजावट भरी तिम्रा अनौठा कुरा
बुझ्ने गर्छु तिनै मिठासभरिका अर्थ्याउने हो चुरा
साँचोमा कुन हो अमूल्य कृतिका जान्नै नपर्ने भयो
आमा हौ सबकी सखी पनि तिमी कस्तो अचम्मै अहो!

हावा चल्छ सरर्र वेग गतिलो गाइन्छ गाना स्वयम्
आमाको घर भावना छ गतिलो नाचिन्छ आफू स्वयम्
हाँस्दै छिन् थपडी बजाइ रसले सन्तान गद्गद् हुँदा
आमाको मन थामिइन्न यसरी धर्केर हामी रूँदा।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

16 minutes ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

24 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago