“मितव्ययी”

महेन्द्र मोक्तान ,
गैरीबास, कालेबुङ

“आमा! आमा!! मलाई दश रूपियाँ दिनुस् न”
स्कूल जान अघि छोराले भन्यो।
“के को लागि बाबु पैसा? बेकारको खर्च गर्नु राम्रो होइन।”
आमाले सम्झाइन्।
शिर निहुराएर उसले भन्यो-“हिजो मेरै कारणले साथीको ‘इरेजर’ हराको छ। आज किनिदिन्छु भनेर वचन दिएको छु।”
कुरा सुनेर उनी राँको भइन्-“लापरवाही कहिका! अरूको समान किन हराइदिनु पर्यो? आफू चाहिँ बजारको थोग मूल्यमा मोलतोल गरेर दश-बीस रूपियाँ बचाएर ल्याउँछु ! यस्तो बेहोसीपनाले कसरी हुन्छ?”
डराई डराई छोराले भन्यो-“अनि हिजो साँझ रेस्टुरेन्टमा खाना खाँदा बेरालाई एक सय रूपियाँ ‘टिप्स’ दिनुभयो त !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

22 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

23 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago