बालबालिकाको पुकार

नरिश्वर गौतम

ए नेताजी एकैछिन हाम्रो कुरा सुन
तिम्रो स्वार्थ पूरा गर्न हामी पीडित किन?
चुनाव जित्ने मन्त्री हुने मस्ती गर्ने तिमी
पढ्न लेख्न स्कुल जान नपाउने चाहिँ हामी?
अलिकति बालअधिकारको गर्नुपर्छ होस्
तपाई नेता मिल्नु हुन्न हामीलाई केको दोष?
कहिले आए काँग्रेस पन्च कहिले आए बाम
जो आए नि देशको लागि भएन राम्रो काम ।
कति पड्के बन्दुक बम कति गए जेल
अति भयो फोहोरी राजनीतिको खेल ।।
जहिले सोझा जनतामाथि भयो अत्याचार
अति भयो व्यथिती नि बढ्यो भ्रष्टाचार ।।
हत्या हिंसा महँगी बढ्दो बलात्कार
नेतालाई मोज निमुखालाई सधैं हाहाकार।
बिग्रदैछ देशको हालत आज हिजो भन्दा
नबनाइदेऊ शिक्षालाई व्यापार अनि धन्दा ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

50 minutes ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

1 hour ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago