रञ्जुश्री पराजुली
आमा मेरी आमा
गर्छिन् घर भित्र
सबै थोक काम
जता ततै आमा
बाबा सहित हामी
सधैँ खोजछौँ आमा
भोग लागे निन्द्रा लागे
म खोज्छु आमा
किताब कापि बटुलेर
राखिदिने आमा
तलबाट बाबा भन्छन्
ढिलो हुन्छ मलाई
खाना खांन दादा दिदी
रिसाउँछन् मीठो खाना
भएन चाउमीन नै चाहिन्छ
मलाई पनि भन्न मनछ
म: म: मीठो लाग्छ
तर देख्छु आमालाई
सधैं काम गर्दै
रिसाउँदिनन् कहिले पनि
भ्याउँ छिन् सबै काम
हामी छौँ तीनजना
बाबा एकजना आमा सहित
हामी छौं पाँचजना
प्यारो कुकुर मायालु
बस्छ ढोका कुर्दै
माया गरि हामी भन्छौँ
उस्लाई कान्छो
हाम्लाई मात्र हैन उनी
गर्छिन् माया उस्लाई
थकाई पनि नलाग्ने
भोक कम लाग्ने
आमा हुन् महान।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…