Categories: कविता

“म विद्यार्थी”


सरिता मझकाेटी

म विद्यार्थी पढ्ने मेरो काम
गुरुसङ्ग शिक्षा लिन्छु यही हाे मेरो ज्ञान

बुबा आमा भन्नुहुन्छ पढ छाेरी पढ
गुरुआमा भन्नुहुन्छ नानी अघि बढ्

भविष्यमा ठुलाे मान्छे बन्नु छ मलाई
देशकै लागि केही गर्नु छ मलाई

कर्तव्य हाे मेरो गृहकार्य गर्नु
पर्दैन नि मलाई कसैले भन्नू

म विद्यार्थी सफा भइ विद्यालय जान्छु
जङ्गफुड हैन स्वास्थकर खाना मात्र खान्छु

भित्ताभरि आफ्नाे याेजनालाई टास्छु
विद्यार्थी हाे म अनुशासनमा बस्छु

विद्यार्थी हाे म नियमित विद्यालय जान्छु
भाइ बहिनीकाे हात समाइ उनीहरूलाई पनि लान्छु।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

18 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

18 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

18 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago