Categories: बाल कथा

समानता अभियान्

सुरेशकुमार पाण्डे
दाङ घोराही १८

सबै मानिसहरू बराबर नै हौँ । जातले कुनै पनि ठुलो सानो हुँदैन। हामी विद्यालयमा सँगै जसरी पढाई मिलेर गरेका हुन्छौँ त्यही प्रकारले समाजमा पनि सहकार्य गर्नुपर्छ। ” हेड सर छविलाल विद्यालायमा शुक्रबारको कार्यक्रमको द्वौरानमा सबैलाई सम्बोधन गर्दै भने। प्रचण्ड गर्मी परेकोले विद्यालयले भोलि पल्ट सर्वत पानी बनाएर आम जनमानसमा पिलाउँने निधो गर्यो। विद्यालयको बाहिर । छुट्टीको दिनलाई सदुपयोग गर्ने भन्दै। कार्यक्रम पछि उक्त कार्यका लागि सटिकमा विद्यालयका सबै कर्मचारी स्टाफहरूको मिटिङ्ग बस्यो। बजारबाट समान लिएर आउँने लगायतका कयौँ कार्यमा कतै कसैको बिवाद आएन सर्वसहमतीले टुङ्गियो। ” यो सर्वत पानी पिलाउँने टोलीमा रामे चामे र मिरालाई हटाएर अरू बालकलाई जिम्मा दिनुपर्छ।”- हेड सर छविलालले लिष्टमा कज लगाउँदै प्रस्ताब राखे। ” किन सर? यिनी बालक अत्यान्तै सिपालु छन् नि यो काममा ।”- अर्का एकजना मास्टरले बच्चाहरूको प्रशंसा गर्दै सोधे। ” नालायक त मैलेपनि भनिन् तर यो गाउँ भनेको ब्राहमणहरूको बहुल्य भएको गाउँ हो। यहाँ बिवाद नहोस भन्ने हेतुले भनिएको हो। -हेड सर छविलालले सुझाव दिए। बेनरमा भने ‘समानताका लागि हाम्रो अभियान’ लेखिएको थियो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

13 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

13 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

13 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago