Categories: बाल कथा

मातातीर्थ औँसी”

श्री इन्दिरा खड्का छेत्री
ओदालगुडी आसाम

आमा ए आमा भन्दै एकाबिहानै गोमा आमालाई बोलाउँदै भित्र पसी। भित्रबाट आमा ‘के भयो किन‌ एकाबिहानै चिच्याएकी गोमा ?” गोमा भन्छे, “लौ हेर आमा पनि आज मातातीर्थऔसी होइन ।”  आमाले भनिन ,”भएर के गर्नु? अधिपछि आमाले के खाई खाइन् दुःख बिमार खोजी छैन्। बर्षमा एक दिन के को ढर्रा पार्नु पर्यो।” भित्रबाट बुहारीले आमा पानी तातो, आउँनु नुहाई दिन्छु। नयाँ कपडा लगाएर बस्नु पर्छ। गोमा सासु बुहारीको कुरा सुनेर ‌आमालाई भन्छे। “ए सासु बुहारी मिलेर मलाई पत्तो नदिएका, लाखे म पनि घर गएर‌‌‌‌ आँखा नदेख्ने‌ सासुलाई नै नुहाई धुवाई गरि तिमीलाई ल्याएको साडी र मिष्ठान्नहरु सासुलाई खुवाउनु पर्यो।”
आमाले भन्नुभयो, “धन्य छोरी‌ तैले गर्नु पर्ने त्यही नै हो। सासु‌ र आमा एक्कै हुन। मातातीर्थ औँसी भनेर बिहानै बुढी सासु छोराछोरी, घरको‌ काम छाडेर भै ‌नभै खर्च गरेर आउनुभन्दा सासु पनि‌ आमा हुन उनलाई नुहाई धुवाई कोरी बाटी मिठो मसिनो बनाएर खुवाउन छाड़ेर‌ माइततिर किन हाम्फाल्नु। खै तेरी भाउजू आज दस‌बर्ष भयो‌ बिहे गरेको ‌आज सम्म मलाई नै आमा‌ भनेर यही नै औँसी मनाउँछे। आम‌ भेट्ने के बर्षमा एकदिन मात्रै‌ हो? आमाक‌ो दिन‌ सँधै हो ।” गोमा भन्छे “आफु चै बुढासँग भोलि आमाको‌ मुख हेर्ने दिन हो मलाई हजार रुपियाँ चाहिन्छ भनेर राती झगडा गरि हजार रुपियाँ लिएर आएकी ।” आमाले मलाई छाङाबाट‌ झारिदिनु‌भयो भन्दै गोमा तुरुन्तै‌ घर गई आफ्नै बुढी सासुलाई सेवा गर्नु‌ पर्यो,  आमाले ‌ठिक्कै‌‌भन्नु‌‌‌ भयो। आजदेखि कहिल्यै माता‌‌ औँसी‌मा आमा‌को मुख‌ हेर्न‌ जान्न सासुको मुख हेरी घरै बस्छु बरू। आखिरी सासु र आमा‌ एक्कै हुन बल्ल मेरा आँखा‌ खुले भन्दै गोमा घर भित्र ‌पसिन। बिचारा‌ सासु ओछ्यानमा लढी ‌रहेकी थिइन्। गोमालाई आज सासुलाई त्यो अवस्थामा देखेर सारै दुःख लाग्यो। ‌भित्र‌बाट‌ मुटु फुटेझै भयो आँखाबाट आँसुका थोपा झरे।

श्री इन्दिरा खड्का छेत्री
ओदालगुडी आसाम

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

1 hour ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

2 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

2 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

1 day ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

1 day ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

1 day ago