“आयो बिहानी”


मचिन्द्र खत्री

आऊ रमाऊँ अब भो प्रभात
छन् कर्म गर्ने जनहीत हात।
जो कर्म गर्लान् नलिएर आश
बस्लान् सदा ईश्‌वर नित्य बास।।

के घाम पानी दिनरात काम
जो गर्छ मान्छे भवमा समान।
मर्दैन भोको नत रोग लाग्ला
यो दु:ख सारा अति दूर भाल्ला।।

जाग्ला बिहानै छ मुहुर्त हाम्रो
गर्ला कतै योग र भक्ति राम्रो।
पूर्वीय यो दर्शन जान्नुपर्छ
ठूला बडा ती जन मान्नुपर्छ।।

पक्षी बिहानै उठ जाग भन्छन्
डाली र पोथ्रा फलमा रहन्छन्।
यो पाठ सिक्दा किन हुन्छ हानी
आच्छा छ साथी शुभको बिहानी।।

जग्गा हुनेले खन जोत राम्रो
यो छैन जस्को गर योग राम्रो।
हिँड्दा दबाई सब रोग जान्छ
आराम गर्ने भ्रममा रहन्छ।।

सारथि बाल पत्रिका

Recent Posts

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

4 hours ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

4 hours ago

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

4 hours ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

5 hours ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago