Categories: विविध

छलफलमा आमाछाेरा


डा छायादत्त न्यौपाने

(साँझपखकाे समय, बत्ती बलेको छ । पढाइ विषयमा साथीकाे तर्कले तानेर सचिनलाई आमासम्म पुर्याई बहसमा हुल्दियाे । आमाछाेरा आफ्नै बैठक कक्षकाे वल्लाे पल्लो साेफामा बसेर धमाधम गफिँदै…। )
सचिन : आमा है नि ! आज मेरो साथीले क्या गफ दियाे!
आमा : (सचिनकाे कुरा सुनेर अनुहार हेर्दै) त्यस्तो विधि के भनेर बाबू साथीले ? तिमी अचम्म मान्दै छौ!            सचिन : म भन्छु सुन्नु न आमा, मेरो साथी जीवनले भनेको जिन्दगीमा जति पढे पनि पढेर सकिन्न !           आमा : (अलिकति हाँस्दै ) यसमा अचम्म मान्नुपर्ने के छ त ? तिम्रो साथीले जे भने ठिकै त भने । हाेसियार रहेछन् साथी।
सचिन : हँ, तपाईँ पनि साथीजस्तै गफाडी ! हामीले एकै वर्षमा १२/१४ ओटा किताब अनि हरेक १५ दिनमा एउटा नयाँ किताब पढेर वर्षमा २४ ओटा बाहिरी किताब समेत पढेर सक्छौँ । ती किताबबाट झिकिएका प्रश्नको उत्तर लेखेर पास हुन्छौँ । अर्को कक्षामा चढ्छौँ अनि त सकिएन पढेर ? अझ अरु के पढ्नु कति पढ्नु भन्या ?
जनक : (कताबाट टुप्लुक्क आँगनमा आइपुगेर मजाले हाँस्दै ) के भन्दै छ याे सचिन, पढ्नुपर्छ, पढिरहनु राम्रो हाे, सिङ्गो जीवन नै पढाइ हाे भन्ने सामान्य कुरा पनि नबुझेजस्तो गर्छ !
सचिन : (बाबा हाँसेकाे देखेर ) ल, बाबा पनि कुरै नबुझी हाँस्नुहुन्छ बाई !
आमा : (सम्झाउने तरिकाले ) हाेइन, बाबू ! बाबा कुरा नबुझी हाँस्नुभएकाे हाेइन बरु तिमीले पाे साथीले भनेको कुरा बुझेनौ । ल सुन , साथीले जीवनमा पढ्नुपर्ने विषय धेरै छन् । जान्नुपर्ने ज्ञानगुन र सिक्नुपर्ने सिपका काम पनि कति छन् कति ! भन्न खाेजेकाे हुनुपर्ने हाे । ल, जे हाेस् एकछिन भान्सामा पसेर चिया पकाऊ त !
सचिन : (अप्ठ्यारो मान्दै ) तपाईँ पनि के के भन्नुहुन्छ के के !
आमा : हाे, ल अब तिमी मसँग भान्सामा हिँड , कति खानेकुरा पकाउन सिक्छौ । हामीले दिनदिनै पकाउने र कहिलेकाहीँ पकाउने धेरै परिकार हुन्छन् । ती परिकार पकाउने तरिका फरक फरक हुन्छन् । जति परिकार हुन्छन् त्यति नै पकाउने विधि सिक्नु पनि आवश्यक हुन्छ । जानिराख याे पनि पढाइ नै हाे ।
सचिन : यी पनि पढाइका विषय हुन् र भन्या ?
आमा : (जाेड दिँदै ) ल, तिमी भाेलि बाबासँग खेतमा जाऊ त्यहाँ पनि खनजाेत, घाँसपात कति काम हुन्छन् । ती काम सिक्नु/जान्नुपर्ने हुन्छ । स्कुल विदाकाे दिन काकासँग पसलमा जाऊ त्यहाँ सामान बेच्न, ग्रहाकहरूसित कुरा गर्न सिक ,सामानहरू मिलाएर राख्ने अभ्यास गर । यस्ता धेरै कामबाट काम सिकिन्छ । यसै गरी एक दिन मामाघरतिर घुम्न जाऊ । त्यहाँ गाईभैँसी पालन, बाख्राका खाेर फरक फरक ढङ्गका घर आँगन देख्छौ । यी सबै सिकाइका स्राेत हुन् ।
सचिन : खै के भन्नुहुन्छ आमा ! यी सबै कुराकाे पढाइसँग के सम्बन्ध छ र ? कसरी के पढ्ने हाेला !            आमा : ल, किन नहुनु नि , यी काम हामीले जान्नुपरेन ?
सचिन : त्याे त पर्छ, धेरै काम जानेकाे राम्रो हाे ।
आमा : हाे, त्यै भएर भनेको पढेर सकिन्न । जीवन यात्रामा धेरै घुम्ती आउँछन् । ती सबै छिचाेल्नुपर्छ त्यसैले विभिन्न विषय पढ्नुपर्छ । हामीलाई कतिखेर के आवश्यक पर्छ थाहा हुन्न । यी हेर त आज पानीको धाराे बिग्रेको छ बनाउनुपर्ने, कसरी हाेला ? सर्टकाे टाँक चुँड्याे भने सियाे धागाे जाेडेर लगाउने ज्ञान चाहिन्छ ।
सचिन : अँ, आमा पनि , यस्ता काम मलाई कहाँ आउँछ त ?
सचिन : हाे, त्यै भएर पढेर सकिन्न भन्ने कुरा साँचाे हाे भनेको नि ।
अझ अर्को कुरा पनि छ , आफूले नजानेका काम दाइदिदी, साथीभाइ, गुरुजन , छिमेकी जाेसँग पनि सिक्न सकिन्छ । यसरी सिकाइ अभ्यासमा अघिसर्नु पनि राम्रो आनीबानी हाे ।
सचिन : अरु के के छन् यस्ता विषय भन्नू न त ती पनि सुनम् , अझै नयाँ कुरा जानिराखौँ ।
आमा : हाे र ! ल, सुन, तिम्रो साथीले जीवन यात्राकाे क्रममा नयाँ नयाँ कुरा आइरहन्छन् । ती नयाँ कुरा थाहा पाएर दिमागलाई ताजा राख्न, समयकाे माग अनुसार व्यवहारमा कुशल देखिन पढ्नुपर्छ, सिक्नुपर्छ भनेका नि । फेरि जीवन निरन्तर सिकाइ हाे सिकिरहनु भनेर अस्तिनै तिमीसँग हजुरबाले पनि भन्नुभएको कुरा बिर्स्यौ र ?
सचिन : छैन बिर्सेकाे त तर साथीकाे भनाइ र हजुरआमाकाे भनाइ ठ्याक्कै उस्तै जस्तो लागेन ।
आमा : अर्थ उस्तै हाे , भन्ने शैली फरक हाे । ल, हेर त तिम्रा साथी कति गजबका रहेछन् । तिनकाे नयाँ नौला ज्ञानगुनका विषय सिकिरहन चाहने सक्रिय बानी रहेछ।
सचिन : हाे, आमाले भन्नुभएको ठिक हाे, मेरो साथी कहिले डण्डीबियाे खेल्न, कहिले पाैडिन, कहिले बगैंचा गाेड्न गइरहन्छ । अझ ऊ त करेसाबारीमा तरकारी गाेडमेल गर्न पनि सिपालु छ ।
आमा : कुराे यति मात्र पनि हाेइन, तिमीलाई तिम्रो काेठाका सरसामान मिलाएर राख्ने सिप पनि चाहिन्छ । स्कुल पाेसाक मिलाएर पट्याउने , जुत्ता पालिस गर्ने जस्ता धेरै कुरा छन् जीवनसित जाेडिएका कि कसाे ?
सचिन : याे पढ्ने/पढाउने र सिक्ने/सिकाउने विषय साँच्चै विशाल रहेछ । अझै हामीले मनाउने चाडपर्वका कुरा पनि पाे हाेलान् है आमा !
आमा : हाे, कस्तो राम्रो प्रसङ्ग ल्यायौ चाडपर्वकाे । भनिन्छ कामले काम सिकाउँछ । हाम्रो जीवनमा आइपर्ने सबै काम पढाइ हुन् ! हिजो तिमीले हजुरआमालाई माेबाइल चलाउन सिकाएको हाेइन त ?
सचिन : त्यो त हाे। कति महत्त्वपूर्ण कुरा रहेछ । म त यस्तो जीवनाेपयाेगी विमर्शलाई साथीले गफ दियो भनेर दङ्ग परेछु ।
आमा : भनेपछि हजुरआमाले पढिरहेकाे देखेपछि जीवन पढाइकाे निरन्तरता हाे, पढिरहनुपर्छ तर याे पढेर नसकिने काम रहेछ पत्यायौ हाेइन त ?
सचिन : हाेरहेछ, पढेर नसकिने तर पढिरहनुपर्ने विषय रहेछ आमा ! कुरा बल्ल बुझेँ मैले । यस्ता बुझ्नुपर्ने विषय त अझ कति हाेलान् है !
आमा : आहा कति ज्ञानी मेराे छाेरा ! ढिलो बुझे पनि गहिरो कुरा बुझ्यौ तिमीले राम्रो भाे ! खुसी लाग्याे , ल, बधाई छ तिमीलाई ।
सचिन : ( लाज मानेझैँ गरि) उम आामा पनि ! व्यङ्ग्य गर्नुहुन्छ ।
आमा : हाेइन, नि व्यङ्ग्य हाेइन, हामी व्यवहारबाट धेरै कुरा सिक्न सक्छौँ भन्ने कुर हाे । फेरि आजकाे याे कुराकानीबाट पनि धेरै कुरा थाहा पाइयो नि !
सचिन : हुन त हाे रहेछ हामीले सिक्ने काम कुरा धेरै रहेछन् र आपसी विमर्शबाट सिकिने विषय पनि प्रशस्त हुनेरहेछन् ।
आमा : हाे, जीवन सिकाइ प्रक्रिया हाे याे आजीवन चलिरहन्छ । हामी काेही पनि सबै कुरा जान्ने हुँदैनौ । एकले अर्कोकाे सा-सहयाेगले काम गर्नेछ,कामसँगै सल्लाह सुझाव लिनेदिने बानी गरियो भने सिक्दै गइन्छ । सचिन : भनेपछि जति धेरै किताब पढ्याे उति नयाँ नयाँ ज्ञानसिप थपिन्छ त्योभन्दा बढी व्यवहार र छलफलले सिकाउँछ हाे आमा ?
आमा : आहा ,मेरो छाेराले कति राम्रो कुरा गर्याै ! एकदमै , कुरा यै हाे । हामी यसरी पनि पढाइ गर्न सक्छौँ । तिमीले सुनेका छौ ? भनाइ छ नि धेरै पढ्नु, पढेभन्दा बढी छलफल गर्नु, त्योभन्दा बढी पढेको कुरा विचार गर्नु मैले के पढेँ भनेर अनि लेख्नु । पढाइमा याे विधि पछ्याउने हाे भने मान्छे कहिल्यै पछि पर्दैन ।
सचिन : ओहाे! आमाले कति गजबको कुरा गर्नुभाे। भनेसी कति मान्छेहरू यै विधिले पढेर ठुला विद्वान् भएका हाेलान् है आमा !
आमा : हुन त पढ्ने तरिका आआफ्ना हाेलान् तर संसारमा नाम कहलिएका विद्वान् विशेष तरिका पढेरै भएका हुन् ।
सचिन : हामी दैनिक कामकाे बखत आइपर्ने नयाँ विषयबारे पढ्दै सिक्दै गर्ने सधैँ पढिरहने हाे रहेछ ।
आमा : हाे, हामी प्रश्न गर्ने हुनुपर्छ । हरेक विषयमा के कसरी किन तर्क गर्ने भयौं भने पढ्नमा रस बस्छ । याे प्रश्न गरी गरी तर्कशक्ति बढाउनु राम्रो पढाइ हाे ।
सचिन : (अलिकति हाँस्दै ) ल, आजलाई भाे आमा ! तपाईं त भाेलि बिहानसम्म पनि बाेलिरहनुहुन्छ जस्तो लाग्याे कुरै सकिँदैन । अब अरू कुनै दिन कुरा गरौँला है !
आमा : हुन्छ , हुन्छ तर हामीले अनावश्यक गफ हाेइन जीवन पढ्ने कुरा गर्याैँ राम्रै भाे ।
सचिन : हाे आमा , धेरै कुरा जान्ने मौका पाएँ तपाईँलाई धन्यवाद छ ।
लौ, सबैलाई शुभरात्रि !

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

सुन्दर छ मेराे देश

दुर्गा पौडेल तिनपा ३ शंकरनगर आहा ! क्या सुन्दर छ मेराे देश। उच्च हिमाली श्रृंखला,…

2 hours ago

“आयो बिहानी”

मचिन्द्र खत्री आऊ रमाऊँ अब भो प्रभात छन् कर्म गर्ने जनहीत हात। जो कर्म गर्लान्…

2 hours ago

“ग्रीष्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा गरम छर्दछन् सूर्य तापले। सकस भर्दछन् घाम रापले॥ ऋतु पर्यो कडो ग्रीष्म…

1 day ago

रहस्य

शान्ता तिम्सिना भक्तपुर बिहानै,पत्रिकामा जुनाको फोटो देखेर छिमेकीहरु अचम्मित भएका थिए। सधैँ नकारात्मक टिप्पणी गर्ने…

1 day ago

“चार”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर-६ दाेलखा पढ बुझ बाबुनानी, के के कुरा चार, चार भित्रै जन्म मृत्यु,…

1 day ago

एआइ कथाकार

दुर्गा घिमिरे रामदीपले दिनदिनै कथा लेख्न थालेपछि साथीहरूमा एक प्रकारको कौतुहलता थपिएको थियो। गाउँको चिया…

2 days ago