विदुर अधिकारी
चितवन
छन्द-वसन्ततिलका
हाँस्यो हिमाल हिउँको, पगरी लगाई
टल्क्यो टलक्क रविको,अनुराग पाई
छायो अपार पनको, गति चाँदनीमा
आयो वसन्त सबका, घर आँगनीमा।
नाच्यो मयूर वनमाझ गएर हेर
छायो वसन्त ऋतु यो जगमा भनेर
जाडो हटेपछि खुले वनका सिमाना
आयो वसन्त सबका घर आँगनीमा।
बर्से नवीनरितका रसिला खजाना
ढल्के युवा र युवती बनिदै दिवाना
चम्के बनेर हरिया रुख कन्दरामा
आयो वसन्त सबका घर आँगनीमा।
डाँफे उडी गगनमा जब चल्मलायो
देखी छ्टा प्रकृतिको तब मुस्कुरायो
यस्तै सुरम्य गति भव्य लिई धरामा
आयो वसन्त सबका घर आँगनीमा।
भाग्यो चिसो कहरकोअति तिक्तपासो
छल्क्यो अपार गतिको जगमाझ हाँसो
चुम्दा पराग भमरो भुलियो थलामा
आयो वसन्त सबका घर आँगनीमा।
बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…
आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…
सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…
समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…