“ऋतु राजा बसन्त”


शिव पुन

देश मै कि परदेश , इष्ट मित्र आफन्त
घुम्दै आयाे लौ हेर , ऋतु राजा बसन्त।

मेरा पनि मन इच्छा , अब पूरा गरुँ म
म पनि त बसन्तकाे , केही व्याख्या गरुँ म।

पञ्चमीमा पुजा गरौँ , देवी माता सरस्वती
विद्या देवी सरस्वती , दिन्छन् ज्ञान कति।

बाल बच्चा शिशुहरु , अब सिक्ने कखरा
काेहि-काेहि बच्चाहरु , गर्ने कति नखरा।

घुम्दै-घुम्दै सुर्य पनि , भु-मध्यमा आउँने
वर्ष दिन लुक्ने चरी , कुकु गीत गाउँने।

शिवरात्री नवरात्री , हाेली पर्व आउने
भाङखाने हाेली खेल्ने , फागु गीत गाउने।

शिवरात्री मनाउन , पशुपति जाउँला
पशुपति दर्शन गरि , प्रसाद नी खाउँला।

उफ्री-उफ्री नाच्ने अब , डाँफे चरी मुनाल
प्रकृतिको रुपदेख्दा , खुबै हाँसे हिमाल।

चैते हुरी चल्दा खेरि , हावासँगै बालुवा
पतझड पछि आयाे , अब नयाँ पालुवा ।

बसन्तकाे व्याख्या गर्न , अझ धेरै कुरा छ
वन भरि रातै – रातै , फूल फूल्छ गुराँस।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शत्रु

बलराम दंगाल रत्ननगर, चितवन हाल–अष्ट्रेलिया साँझ पर्न लागेको थियो। असफलताले थाकेको युवक पीपलको रूखमुनि बसेका…

5 hours ago

“गुण”

ह्रदय लेकाली बोल्दैन लाटो जब बोल्न थाल्छ ढुङ्गा र माटो पनि बोल्छ थाल्छ त्यो जून…

5 hours ago

“विद्यार्थीहरूप्रति”

आत्माराम न्यौपाने तिम्रा साना कर-कलमले लेख्छ नौलो भविष्य तिम्रा साना मृदु नयनले देख्छ सम्पूर्ण विश्व…

6 hours ago

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

1 day ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

1 day ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago