Categories: बाल कथा

आवस्यकता

जीवन दाहाल
गौरादह-७,झापा

एउटा डुङ्गामा डाक्टर,इन्जिनियर,वकिल,राजनीतिज्ञ र प्राध्यापक खोलो तर्दै थिए ।
खोलाको मूल भँगालोमा पुगेपछि माझीले थाहा पायो डुङ्गामा लोड बढी भएछ, अनि उसले यात्रुहरूलाई अनुरोध गर्यो-“एकजना बराबरको भार बढी भयो यो डुङ्गामा पौडिन जान्ने एकजना चैं पौडिएर तर्नुहोस् नत्र डुङ्गा डुबेर सबै जनाको एकै चिहान हुन्छ ।”


यात्रुहरुले एकापसमा हेरा हेर गरे । मुखामुख गरे यो पानीमा फाल हाने हुन्थ्यो भन्ने भावमा तर कसैले जाँगर देखाएन ।
अनि माझीले डाक्टरलाई अनुरोध गर्यो-
हुन्न हुन्न । देशभरी नैं गतिला डाक्टर अभाव छ, यदी डाक्टर नै डुब्यो भनें त लाखौं मानिसको जीवन डुब्दैन उपचार नपाएर ? त्यसैले मैले हाम्फाल्नै हुँदैन ।
इन्जिनियर नहुने हो भनें देशको विकास नै ठप्प हुन्छ त्यसैले मैले हामफाल्ने कुरै हुँदैन ।
देशकै न्याय प्रणाली ध्वस्त हुन्छ वकिल भएन भनें त्यसैले मैले हाम्फाल्नु हुँदै हुँदैन ।
देशको राजनीति कसले सम्हाल्ने ? नेतृत्व कसले गर्ने ? राजनीतिज्ञ नै नभए पछि ? देशको चिन्ता गर न देशको ।
डाक्टर,इन्जिनियर,वकिल,राजनीतिज्ञ जस्ता जनशक्ति उत्पादन गर्ने प्राध्यापक नै नरहे देशको हालत के होला ? अनि विद्वान प्राध्यापक डुबोस् भनेर कामना गर्ने ? म त कुनै हालतमा पनि फाल हान्दिन जेसुकै होस् ।
सबैको तर्क सुनेपछि माझीले “उसो भए मेरो चैं आवस्यकता रहेनछ यो देशलाई र मरे चैं यो देश सुरक्षित हुने रहेछ,नमस्कार”-भन्दै झ्वाम्म खोलामा फाल हान्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

24 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago