Categories: बाल कथा

मेराे जीवनकाे लक्ष्य

रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

विद्यालयमा नतिजा प्रकाशन तथा अभिभावक भेलाकाे निमन्त्रणा थियाे । कार्य वस्तता त छदै थियाे । दुईवटा कारणले समय निकाल्न बाध्य बनायाे । एक विद्यालयकाे अनिवार्य उपस्थित भइदिनुहुन व्यहाेराकाे पत्र । दाेस्राे छाेराकाे जसरी भए पनि आउनुहाेला है बाबा नत्र रिजल्ट पाइदैन । यसर्थ दुवै कारणलाई संवाेधनका खातिर विद्यालयमा उपस्थित भएँ ।


कक्षा ७ मा पढ्ने छाेराले डाेर्याउँदै कक्षा शिक्षक सामु पुर्यायाे । शिक्षकले मुसुमुसु हास्दै भने ” बधाई छ सर ।” साेचें छाेराले पढाइमा प्रगति गरेछ । शिक्षकले पुन: ठट्यौलीकाे स्वरमा भन्दै गए ” यहाँहरू कति भाग्यमानी अमेरिका पाे जाने हुनुभएछ ।” म बिलखबन्दमा परें । परदेशकाे `प´ पनि नसाेचेकाे मान्छे कसरी अमेरिका जाने ? मेराे जिज्ञासालाई मेटाउदै शिक्षकले प्रतिक्रिया जनाउँदै शिक्षकले भने ” लाै हेर्नुहाेस् त सर ।” उनले उत्तरपुस्तिका देखाउदै भने ” मेराे जीवनकाे लक्ष्य ” शीर्षकमा निबन्ध लेख्न दिएकाे बाबुले वैदेशिक राेजगारलाई जीवनकाे लक्ष्य बनाएछ । मैले मुटु अमिलो पारेरै प्रतिक्रिया जनाएँ ” शीर्षक अनुसारको विषय नै लेखेछ । शिक्षकले हत्त न पत्त जवाफ दिए ” मैले त्यस्ताे केही भन्न खाेजेकाे केही हाेइन सर।अन्यथा भए माफ पाऊँ। मैले त मात्र भन्न खाेजेकाे यी बाल मस्तिष्कमा विदेश शब्दले कति गहिराे प्रभाव पारेछ । यस्तै हाे भने नेपाल रित्तिने भयाे । देशले आफ्नो जनशक्ति पलायन हुनबाट कसरी बचाउछ ? ” उनकाे भनाइमा भविश्यप्रतिकाे गम्भीर चिन्ता थियाे । मैले आफ्नाे निरीहता जनाएँ ” के गर्ने सर , माहाेल नै यस्तै छ ।
विद्यालयबाट छुट्टिए पछि त्यस विषयले निकै भावुक बनायाे । समाज परिवर्तनका लागि राजनीतिमा लागेकाे म । मैले किन स्वदेशमा जनशक्ति टिकाउने नीति निर्माण बनाउन सकिनँ । के देश रित्याउनकै लागि मैले आन्दोलन गरेकाे थिएँ । हाेइन भने …! विद्यालयमा भएकाे कुराकानीकाे विषयले रातभर निद्रा लागेन । शिक्षकले दिएकाे ” बधाई छ सर ” ले छातीमा निकाे नहुने गरी गहिराे घाउ दिएकाे थियाे ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

3 hours ago

“पश्चाताप”

माहेश्वरी भट्ट देख्छ्याै पक्कै, मनविच आहा, भावना उर्लिएकाे। हाँस्दै बोल्दै, स्नेह ममता, प्रेमले कुर्लिएकाे।। छाती…

4 hours ago

बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो

काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले…

4 hours ago

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

22 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

22 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago