Categories: बाल कथा

आवाजका पक्षमा

सन्दर्भ– शैक्षिक आन्दोलन सत्रौँ दिनमा


नन्दलाल आचार्य

“विद्यालयको यो सुनसान कति दिन सहने हो ?” रुखले आफ्नो टुप्पो हल्लाउँदै फुसफुसायो, “कहिले आउँछ यहाँ न्याय ?” सरस्वतीको मूर्तिले आँखा चिम्लिन् । आँसुका थोपा आँखाका कुना र पर्खालबीच अल्झिए । विद्यालयको आँगनमा उनी र रुख- दुवै युगौँदेखिका साक्षी झैँ ठिङ्ग उभिएका थिए । श्री जनता माध्यमिक विद्यालय, गोलबजार जहाँ पहिले ज्ञानको गुञ्जन हुन्थ्यो, अहिले मौनताको मसान छ । “शिक्षकहरूले हडताल गरेका छन् रे ?” रुखको स्वर हावा जस्तै हल्लिएको थियो । “रे होइन, हो नै।” सरस्वतीले भनिन्, “ज्ञान बाँड्नेहरूलाई अज्ञानताको भारी बोकाएपछि के बाँडिन्छ र ?” पातहरू कस्सिएर फुस्फुसाए, “यो त विद्रोहको भाषा हो ! यस्तो कुन पाठ्यपुस्तकमा हुन्छ ?” “पाठ सिकाउनेले कहिलेकाहीँ पाठशाला नै बन्द गरेर पाठ दिनुपर्छ ।” सरस्वतीको स्वर अब शिला चिर्ने गर्जन जस्तै थियो, “नत्र बुद्धिको बत्ती सधैं कसरी जलिरहन्छ ?” त्यतिकैमा, विद्यालयको पर्खालमा लेखिएको कुरा पुतलीका आँखाले पढ्यो- “शिक्षकहरूको आवाज रोकिने हो भने, भविष्य पनि लठेब्रो बन्छ !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

4 hours ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

4 hours ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

5 hours ago

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

1 day ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

1 day ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

2 days ago