रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
सकिँदैन खोला तर्न बल गरेर
ढुक्कसँग पारि पुग्छु फड्के तरेर
गहिरो छ कि छिप्छिपे छ कहाँ भर हुन्छ
लेउमा परी चिप्लिएर लड्ने डर हुन्छ
किन दोमन गर्नु पर्यो पक्क परेर
झोला बोकी स्कुल जान्छु फड्के तरेर
जङ्घार तरी जाऊँ भने लुगा भिज्ने हो कि?
गिटी अनि गेग्र्यानले खुट्टा बिझ्ने हो कि?
किन मोल्नु खतरा भो तल झरेर
यसै गरी फर्कने हो फड्के तरेर।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…