Categories: बाल कथा

“आश्चर्य”

तुलसी पण्डित

रुपसी साँच्चै रुपसी थिइन् । उनको रुपमा सबै मोहित हुन्थे । तर उनी पढ्न कमजोर थिइन् । एस्इइको परीक्षा नजिकै आएको थियो। प्रबेश पत्र बाँड्ने काम भयो । रुपसी परीक्षाको अघिल्लो दिन रमेन्द्रलाई भेट्न गइन। ऊ कोठामा पढी रहेको थियो। ऊ कक्षाको प्रथम विद्यार्थी हो। रुपसी आएको देखेर उसले भन्यो । “होइन यो परीक्षामा न पढेर किन आएकी ? भोलि अङ्ग्रेजीको जाँच छ ?” “म तिमी सँग एक सल्लाह गर्न आएकी ।” ” के कुरा हो र रुपसी ?” ” यो कुरा कतै जानु हुदैन । म तिमीलाई मन पर्छु कि नाइ ।” “तिमीलाई मन न पराउने को होला र ?”


“म तिमीसँग विवाह गर्न चाहन्छु । तर एउटा सर्तमा ।” “के सर्त हो र ?” ” तिमीलाई थाहा छ मेरो पढाइ कमजोर छ । तिमीले आफ्नो कापीमा मेरो सिम्बल नंम्बर लेख । म तिम्रो सिम्बल नम्बर लेख्छु ।” ” के तिमी मैले यसो गरे भने म सँग विवाह गर्न राजी हुन्छौँ । ” “हो यसो भयो भने परीक्षापछि हामी घरबाट टाढा भागेर जाने ।”
जाँच सकियो ।
रमेन्द्रले कुरा झल्कायो । “भागौँ हामी अब ? ” “होइन रिजल्ट पछि ।”
केही समयपछि रिजल्ट भयो । रुपसीले प्यल्स ए ल्याएर पास गरिन् । रमेन्द्र फेल भयो । सबै आश्चर्यचकित भए । के आश्चर्य भयो । रमेन्द्र आफू फेल भए पनि खुशी भयो । उसले रुपसीलाई भेटेर भन्यो । ल तिमीलाई
बधाई छ । अब हामी भाग्यौँ । रुपसीले रिसाउदै भनिन् । यस्तो फेल हुने सँग पनि कसैले विवाह गर्छ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

5 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

5 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago