Categories: बाल कथा

“गुरु दक्षिणा”

बाेधराज प्याकुरेल
खजुरा,बाँके

“रगत पाइएन,के गर्ने हाेला ?” कपिलमानले याचनाकाे स्वरमा भने ।
“विरामीलाई केही भयाे भने हामी जिम्मेवार छैनाैं,तुरुन्तै अपरेसन नगरे जेपनि हुनसक्छ।”
नर्सले भनी ।


एक्कासि पेट दुखेर असह्य भएपछि कपिलमानले श्रीमतीलाई अस्पताल लगेका थिए। चेकजाँचपछि एपेनडिक्कसाइड देखियो।डक्टरले एकघन्टा भित्र अपरेसन गरिहाल्नु पर्छ, ढिलो भयाे भने ज्यान पनि जान सक्छ। छिटाे रगतको व्यवस्था गर्नुहाेला भनेका थिए।
उनले सबैतिर प्रयास गरे।चिनेजानेका सबैलाई फाेन गरे तर कतैबाट पनि रगतको व्यवस्था हुनसकेन।
“छाेरी तिमीले आमालाई ख्याल राख्दै गर,नआत्तिनू म केही उपाय गर्छु।” भनेर उनी अस्पतालबाट बाहिर निक्लिए।
“बाबा अब रगत चाँहिदैन्,हजुर छिट्टै आउनुहाेस्।” केही घन्टापछि छाेरीकाे फाेन आयाे। छाेरी अरु पनि केही भन्दै थिई तर कपिलमानले अनिष्टकाे सङ्काले कानबाट माेबाइल हटाए र आत्तिदैं अस्पतालतिर दाैडिए।
अपरेसनकाे युनिफर्ममा श्रीमती वेडमा थिइन्। छाेरीकाे प्रशन्न अनुहार पढेर कपिलमानले साेधे,”रगत चाहिएन?”
“अपरेसन टिमको एकजना डक्टरले रगत दिनुभयो। अपरेसन कार्डमा हजुरकाे हस्ताक्षर देखेर,मलाई पढाउनु भएको सर हुनुहुँदाे रहेछ भन्दै हुनुहुन्थ्यो।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

4 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

4 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago