Categories: बाल कथा

“आत्मनिर्भरता”

तिलक तारामी “रेशाली”
बुटवल-११, रुपन्देही

“ह ह .. ! ए कुना, कुना, कुना ! ” गुमानेले एउटा हातले अनौ समातेर अर्को हातले गोरूको पुच्छर बटार्दै थियो।
“आजै मेलो सक्नुपर्छ है ! ” काजीले गुमानेलाई आदेश दिए।


“खै ? डाम्नाहरू हिंडे पो। भोकाए जस्ता छन्। एक डोको घाँस खुवाउनु पर्यो।” गुमाने बोल्यो।
“भो भो पर्दैन। मेलो सकिदैंन। यो सब तेरो ठग्ने मेसो हो।” काजी बोले।
आज असार – १५, काजीको खेतमा रोपाइँ चल्दै थियो। मानो रोपेर मुरी फलाउने दिन भन्दै काजीले हली, बाउँसे र रोपाहार सबैलाई सास फेर्ने अवसर समेत दिएनन। आत्मनिर्भताको ठूलै गुड्डी हाँके।
खाजा खाने बेला भयो। कजिनीले सबैलाई दहीचिउरा दिइन्।
एकाएक गुमानेले अनुहार बिग्रेको देखेर काजीले सोधे, “के भयो हँ ? ”
“यो चिउरामा चिउराको स्वाद नै छैन त? ” गुमानेले गुनासो पोख्यो।
अरू सबैले गुमानेकै कुरामा सहमति जनाए।
“कहाँबाट ल्याउनुभाको ? ” सबैले एकसाथ प्रश्न गरे।
“हैन, के भन्छौ तिमीहरू ? यो त झन विदेशबाट मगाएको चिउरा पो हो त ! ” काजी बोले।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“धन्यवाद”

पुण्यप्रसाद घिमिरे धन्यवाद धन्यवाद धन्यवाद सबैलाई धन्यवाद हावापानी घामजून सबैलाई धन्यवाद। धन्यवाद बाबा आमा, जन्म…

6 hours ago

विष

सुमन कडरिया चितवन “बुबा ! आज मानिसहरूले साच्चै नै हामीलाई भगवान् मानेर पूजा गर्छन् रे…

7 hours ago

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

1 day ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

1 day ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago