गणेश आत्रेय,
मदनपोखरा,पाल्पा
गाना सुनाएर भुलाउँथिन् मुमा।
लोरी सुनाएर सुताउँथिन् मुमा॥
मीठा कथामाथि भुलाउँथे बुबा।
विज्ञान वा ज्ञान बुझाउँथे बुबा॥
आकाश देखिन् जगका समुद्रका।
प्राणी तथा वृक्ष विधा उपद्रका॥
दिन्थे अनेकौँ विधि रीत संस्कृति।
हट्थे थिए जो मनभित्र विकृति॥
कीराफट्याङ्ग्रा तरु वा जनावर।
पोथ्रा कली फूल फलादि निर्झर॥
संसारका चीज र बीज सारका।
सुन्थेँ र सिक्थेँ शशि सूर्य तारका॥
बूढाहजुर्बा र मुमा सँगै बसी।
हुर्केँ बढेँ खेल अनेकमा हँसी॥
आनन्दले ती वय बाल्यका बिते।
छन् सम्झनामा इतिहास भैसके॥
टिकाराम शर्मा पौडेल हाम्रो स्कुल हामीलाई लाग्छ सारै जाती। सबै कुरा पाउँछौँ हामी स्कुलैमा साथी…
सुरेशकुमार पाण्डे घोराही १८, दाङ "बाबा मैले जिते !"- दश क्लासमा बढ्ने छोराले जितको प्रमाणपत्र…
रोजिना घिमिरे (मञ्चको एक कुनामा मधुरो प्रकाश छ। एउटा यवुक टोलाएर शुन्यतामा हेरिरहेको छ। हातहरू…
देव भट्टराई छ जो धीर-रोही उही पुग्छ माथि । यही रीत संसारको हुन्छ साथी ॥…