Categories: बाल कथा

स्नेह


लक्ष्मी रेग्मी खनाल
वालिङ्, स्याङ्जा

पुरानो घरको पिँढीमा बसेर सुमित्रा आफ्नो छोरालाई गृहकार्य गर्न लगाईरहेकी थिइन् । कापी खुला थियो तर अक्षरहरू भने असरल्ल छिरलिएका । बालकको हातमा कलम थियो । मन भने खेलमै ।
त्यसैबेला ढोकाबाट हावासँगै प्रवेश गरे उसका बा । घामले पाकेको निधार, काँधमा बोकेको झोला सँगै हल्का पसिनाको नुनिलो स्वाद मिसिदै थियोे ।
“पढाइ के हुँदैछ ?” बाले सोधे ।
“अलिक अप्ठ्यारो छ बा ! अक्षरहरू मिल्दैनन्,” छोराले झोक्किँदै भन्यो ।
बा मुस्कुराए । मुस्कानमा जीवनको दु: ख ,सुख घुलमिल थियो । उनी छेउमा बसेर भने- “तिमीलाई सजिलो बनाउन म तिमीलाई एउटा अक्षर सिकाउँछु। अनि तिमीले मलाई अर्को अक्षर सिकाउनु। यसरी हामी साटासाट गर्दै जाऔँला।”
छोराले चकित भएर हेर्यो- “बा, तपाईँलाई पनि पढ्न गाह्रो हुन्छ ?”
“हो बाबु, मलाई त धेरै गाह्रो पर्छ किनकि म त तिमीले जस्तो सानो हुँदा पढ्ने मौका पाएको थिइनँ । अक्षरका सट्टा हलो र कोदालो मात्र समाउन पाएँ।”
छोराको अनुहार गम्भीर भयो । ऊ चुपचाप भएन, एकाएक बाको औँला समात्दै भन्यो- “बा ! अब म तपाईँलाई अक्षर सिकाउँछु । तपाईँले मलाई जिन्दगी सिकाउनुभयो । म तपाईँलाई अक्षर सिकाउँछु।”
बाको आँखामा आँसु छचल्कियो । त्यो आँसुमा थकान थिएन । न त अभिमान नै ।
त्यही क्षण, पुरानो घरको आँगनमा एउटा नयाँ संसार खुल्यो- जहाँ कापीमा अक्षर मात्र होइन, बाआमाको जीवन संघर्ष पनि पढिन थाल्यो।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

जनै पूर्णिमा : परिचय , विशेषता र महत्व

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र…

1 day ago

प्रकृति

बलराम दंगाल रत्ननगर,चितवन “हेर्नु त बुवा ! मानिसले प्रकृतिलाई पनि जितिसक्यो नि,” छोराले मोबाइलमा बाँधको…

1 day ago

“हाम्रो प्यारो संसार”

लक्ष्मी बडाल घाम लाग्यो झुल्केर, फूल हाँस्यो फक्रेर, चराले गीत गाउँदा, नानी उठिन् हर्षेर! हात…

1 day ago

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

2 days ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

2 days ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

2 days ago