Categories: बाल कथा

इन्द्रेणी


सृजना घिमिरे ढकाल
काठमाडौं नेपाल

“रंगहिन जीवन कति अत्यास लाग्दो!”
पानी परेपछि खुलेको आकाशमा लागेको इन्द्रेणी नियाल्दै, जीवन आफ्नो निराशा पोख्दै थियो।
उसको निराश अनुहार देखेर मैले जिस्काएँ— “जीवन, तिमी किन निराश छौ ? के पुगेन तिमीलाई ?”
मलाई हेर्दै उसले भन्यो— “सबैको जीवन तिम्रो जस्तो कहाँ हुन्छ र!”
“मेरो जस्तो ?” -मैले सोधेँ।
जीवनको उत्तर थियो— “रंगिन।”
केही बेरको हाँसोपछि मैले फेरि सोधेँ— “कतिवटा रंग देख्यौ मेरो जीवनमा, जीवन ?”
“सबै रंग छन् , र त तिमी यति हासिखुशी छौ !”-जीवनको मेरो प्रति बुझाइ यस्तो थियो।
“जीवन, मसँग भएका सबै रंग त तिम्रो जीवनमा पनि देख्छु, तिमीले देखेका छैनौ ?”- मैले प्रश्न गरेँ। आफ्नो जीवनप्रतिको निराशा देखाउँदै जीवनले भन्यो।
“के छ मसँग ? कुनै कुरामा पनि सफल हुन सकेको छैन। मसँगका साथीहरूले कति प्रगति गरिसके!”
“जीवन, अरुसँग तुलना गर्नुभन्दा आफ्नै क्षमताको प्रयोग कसरी गर्न सकिन्छ भनेर सोच।” मैले सम्झाउँदै भनेँ।
तर, जीवनको आक्रोश जारी रह्यो— “यही सोच्दासोच्दै यतिका वर्ष बिते, सधैं रंगहिन !”
“हामीसँग भएका एक वा दुई रंगबाट नै आफूलाई मनपर्ने सबै रंगहरू बनाउनुपर्छ, आफ्नै लागि।” मैले भनेँ।
“गफै त होला नि ! मेरो समस्या मसँगै छ।” जीवनले उपहास गर्दै प्रश्न तेर्सायो।
जीवनलाई सम्झाउँदै मैले भनेँ— “हेर त त्यो इन्द्रेणी ! तिमीलाई थाहा छ ? सूर्यको सेतो रंगमा पानीले खोजेको सम्भावना, जसबाट निस्कियो सप्तरंगी इन्द्रेणी !”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘स्याहार योजना’

विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…

17 hours ago

“युवाशक्ति”

शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…

17 hours ago

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

2 days ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

2 days ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

4 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

4 days ago