माहेश्वरी भट्ट
कञ्चनपुर
सानैदेखि रञ्जिताको सपना थियो— डाक्टर बन्ने। तर, गरिब परिवारमा जन्मिएकी उनले यो सपना पूरा गर्न ठूलै संघर्ष गर्नुपर्यो। बाबुआमाले जेनतेन काम गरेर उनलाई पढाए। विद्यालयमा सदैव पहिलो हुने रञ्जिताले छात्रवृत्तिमा मेडिकल कलेज भर्ना पाइन्।
समय बित्दै गयो। धेरै कठिनाइ पार गर्दै उनले एमबीबीएस सकाइन्। घर फर्किँदा गाउँभरि खुसी छायो। आमाबुबा छाती फुलाएर छोरीलाई हेर्थे। उनीहरूको गरिबीको जरो उखेल्ने आशामा आँसु झर्थे।
एकदिन अस्पतालमा उनको पुरानो शिक्षक बिरामी भएर आए। पहिल्यै झैं नम्र मुस्कानसहित उनले उपचार गरिन्। शिक्षकले गर्वले भने, “तिमी साँच्चै महान् भएकी छ्यौ, रञ्जिता।”
तर, उनको त्यो मुस्कानभित्र कतै नदेखिने संघर्षका अश्रु लुकेका थिए। गरिबी, अपमान, रातभरको जागरण— ती सबै आँसु बनेर भित्रै कतै बिलाएका थिए। मुस्कान देखिए पनि ती अश्रु कसैले देख्न सकेन।
घनश्याम रेग्मी "कहिल्यै बिरामी पर्नु भएको छ ?" कसैले प्रश्न गर्यो भने म लगायत…
शम्भु ढकाल सूर्याेदय न पा १२ आठघरे,इलाम "के गर्दै हुनुहुन्छ आमा ?" साँझपख छाेरीले फाेनमा…
शोभा कोइराला वसन्तकी सुन्दर पुष्प नारी लज्जा भएकी पनि दिव्य नारी नारी बिनाको घर नै…
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "ओहो बालकले के काम गर्छ ?"- डाक्टर पुनितले रामेको हात…
गणेश आत्रेय मदनपोखरा,पाल्पा हाम्रो नाति छ हेर; अल्छी छैन ल हेर। प्रातः काल सबेर; उठ्छ…