माहेश्वरी भट्ट
कञ्चनपुर
सानैदेखि रञ्जिताको सपना थियो— डाक्टर बन्ने। तर, गरिब परिवारमा जन्मिएकी उनले यो सपना पूरा गर्न ठूलै संघर्ष गर्नुपर्यो। बाबुआमाले जेनतेन काम गरेर उनलाई पढाए। विद्यालयमा सदैव पहिलो हुने रञ्जिताले छात्रवृत्तिमा मेडिकल कलेज भर्ना पाइन्।
समय बित्दै गयो। धेरै कठिनाइ पार गर्दै उनले एमबीबीएस सकाइन्। घर फर्किँदा गाउँभरि खुसी छायो। आमाबुबा छाती फुलाएर छोरीलाई हेर्थे। उनीहरूको गरिबीको जरो उखेल्ने आशामा आँसु झर्थे।
एकदिन अस्पतालमा उनको पुरानो शिक्षक बिरामी भएर आए। पहिल्यै झैं नम्र मुस्कानसहित उनले उपचार गरिन्। शिक्षकले गर्वले भने, “तिमी साँच्चै महान् भएकी छ्यौ, रञ्जिता।”
तर, उनको त्यो मुस्कानभित्र कतै नदेखिने संघर्षका अश्रु लुकेका थिए। गरिबी, अपमान, रातभरको जागरण— ती सबै आँसु बनेर भित्रै कतै बिलाएका थिए। मुस्कान देखिए पनि ती अश्रु कसैले देख्न सकेन।
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…