Categories: बाल कथा

प्रेम


माहेश्वरी भट्ट
कञ्चनपुर

सानु बाल्यकालदेखि नै सुरजलाई मन पराउँथी। सुरज उसको साथी मात्र नभएर उसको सपना पनि थियो। विद्यालयमा एकसाथ पढ्दा सानुले सुरजका लागि नोटहरू लेख्थी, उसका प्रिय खानाहरू बोक्थी, र चुपचाप उसको सानो ख्याल गर्थी।
समय बित्दै गयो। उनीहरू ठूला भए, आ-आफ्ना बाटो लागे। वर्षौं पछाडि, संयोगवश सानु र सुरज फेरि भेटिए। सुरज अझै पनि उस्तै सरल, उस्तै हँसमुख थियो। उनीहरूबीच धेरै कुरा भए—पुराना सम्झनाहरू, बिछोडको कथा, अनि जीवनका भोगाइहरू।
सानुले हिम्मत जुटाएर सोधी, “तिमीलाई थाहा थियो, म तिमीलाई प्रेम गर्थें ?”
सुरज मुस्कुरायो, हल्का रोकिएर भन्यो, “हो, थाहा थियो। तर तिमीले कहिल्यै भन्न सकेनौ, म पनि तिमीलाई मन पराउँथेँ।”
सानुको आँखामा आँसु टिलपिल भयो। कति सजिलो थियो, कति नजिक थियो प्रेम, तर शब्दकै अभावले उनीहरू एक-अर्काबाट टाढा भएका थिए।
कहिलेकाहीँ प्रेम महशुस गरिन्छ, देखिन्छ, तर व्यक्त गर्न ढिला हुँदा, त्यो केवल एक अधुरो कथा बनेर रहन्छ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

22 hours ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

23 hours ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

2 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

2 days ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

2 days ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

3 days ago