Categories: कविता

“इमान”

भगवती प्रसाद शर्मा

वसन्तजागृति

सिधा भएर जनता पस्यो भित्र काल
युवा सशक्त अब हौँ ठुलो दुष्ट फाल
सबै विदेश नगई यहीँ बस्नु पर्छ
युवा जुटेर नबसे घरै छाड्नु पर्छ।।१

कुरेर बस्छ अधुना युवा खोज्नलाई
तसर्थ आउनु युवा नयाँ काम लाई
युवा मिले कहर भाग्छ नेपालबाट
पुवा भई पर गए हरायो प्रभात।।२

समाल आँगन गरो सबै खेतबारी
छ देश स्वर्ग-नगरी नबस्दा भिखारी
नताक स्वर्ग परको छ नेपाल प्यारो
हिसाब राख घरको हुनेछैन गाह्रो।।३

निसाफ न्याय अबको तिमीबाट माग्यो
विचार राख असली कुरा सत्य लाग्यो
चलाख गर्नु अहिले युवाशक्ति हाम्रो
बुझाइ भिन्न नबनोस् उठोस् देश राम्रो।।४

विकास नाश नहुने गरौँ देशलाई
विशाल बक्ष नगरी कहाँ हुन्छ भाइ
इमान भित्र मनमा हुँदा देश बन्छ
इमान छैन दिलमा जहीँ देश डुब्छ।।५

सारथि बाल पत्रिका

Recent Posts

ठूलो साथी

रोजिना घिमिरे आज म झ्यालको छेउमा बसेर बाहिर त्यो चउरलाई हेरिरहेको छु, जहाँ घामका किरणहरूले…

22 hours ago

सौतेनी आमाको बन्द ढोका

तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। ​नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…

22 hours ago

“साना हातका चित्रकलामा ठुला सन्देश !”

घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…

2 days ago

योग

अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…

2 days ago

“योगमहिमा”

योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…

2 days ago

प्रकोप

हेमराज अधिकारी सिक्किम,भारत दिनभर पानी ओइरियो। माटोले सकेजति थामेकै थियो। खेत हरियालीले ढाकिएका थिए। किसानहरू…

3 days ago