पुण्य गिमिरे
बैत्यश्वर-६, दाेलखा
आइतदेखि शुक्रसम्म, सधैँ छ हतार,
अनेक उर्दी लाउँछ, स्कुल बार बार ।
झाेलाभरि पुस्तक भारी, बाेक्छु हरबार,
बल्ल आई फुत्तै जान्छ, मेराे शनिबार ।
जुता माेजा लुगा जाँच, गुरु हल्दार,
पढ पढ लेख लेख, अर्ति बार बार।
बिच जँघार रून्छ मन, छैन वारपार,
खेल्दाखेल्दै फुत्तै जाने,प्याराे शनिवार।
कक्षाकार्य गृहकार्य, कामै काम भार,
खेल छैन साथी छैन, गाली लगातार ।
कख गघ एवि सिडी, एकदुई तीनचार,
दुई पल्ट आइदेउ ल,छाेटाे शनिबार ।
रम्भा पौडेल प्यारा भाइबैनीहरु ! यो असार महिना हो । अब असार पन्ध्र आउनैलाग्यो ।…
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…