नन्दलाल आचार्य
गोलबजार-४, सिरहा

अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको हावा शान्त थियो । उनले क्यानभासतिर हेरे । त्यहाँ एउटा सुन्दर हिमाल थियो ।
“यो हिमाल त यसरी कहिल्यै पग्लेको थिएन !” उनी एक्लै बर्बराए ।
अचानक उनको गोडाले लागेर टेबलको रङ पोखियो । उनी आत्तिए । उनले हतार-हतार ब्रस उठाए । हिमालमा नयाँ सेतो रङ धस्न थाले । तर, जति सेतो रङ भरे पनि त्यो छिट्टै कालो हुन्थ्यो ।
“रातभरि नसुतेर किन आफ्नै राम्रो चित्र बिगारेको ?” श्रीमतीले डराउँदै सोधिन् ।
उनले श्रीमतीतिर हेर्दै हेरेनन् । हतास हुँदै भने, “म चित्र बिगार्दै छैन, बचाउँदै छु ! तर हिउँ अडिँदै अडिँदैन । पहिरोले सब बगाइसक्यो ।”
श्रीमतीले उनको हात समात्दै झ्यालतिर देखाइन्, “बाहिर हेर्नुहोस् त, घाम लागिरहेछ । आँधी त हजुरको दिमागमा मात्र चलेको छ !”
चित्रकारले एकपटक बाहिरको कञ्चन घामलाई हेरे, अनि फेरि आफ्नै क्यानभासतिर फर्किए- बाहिर उज्यालो भए पनि उनको चित्रमा भने विशाल पहिरो खसिरहेकै थियो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

47 minutes ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 hour ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago