Categories: कविता

“भिखारी”


कमल प्रसाद बगाले रेग्मी
वालिङ्ग बजार स्याङ्जा

फाटेको मुटु जतन गरी दुःखले सिलायो
मागेर सधैं जि हजुर गर्यो हात मुख मिलायो,

हेपेर बस्छन् चिनेका सबै अवस्था देखेर
सपना पनि राख्दो हो कति मनमा लेखेर,

सबैका सामु झुकेर नित्य मुस्कान फाल्दछ
सधैं नै हार्दै जिन्दगी भरी रहर टाल्दछ,

जीवन भरी दुःख र सुख गाँसेर हाँस्दै छ
आकांक्षा आफ्ना मुटुमै राख्दै सम्बन्ध गाँस्दै छ,

मागेर खाने रहर हैन अनाथ बनाए
दुखिया आज डुलेर हिँड्छ भिखारी जनाए,

न घर बास परिवार छैन डुलेर खाँदैछ
सुकेको जीउ भविष्य छैन कता पो जाँदैछ,

फिसिक्क हाँस्दै लौ हात थाप्छ मुटुनै दुखाई
पीडा र व्यथा असंख्य भित्र सबै नै लुकाई,

पेटीको वास एक मुठी सास कतिन्जेल चल्ने हो
त्यो चिथ्रो कम्मल आउँदो जाडो कसरी छल्ने हो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

59 minutes ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 hour ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago