ह्रदय लेकाली

तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो ” बुबा के भन्नुु भएको ? अझ तैलाई सोध्न लाज छैन साइँधुवा ।
तँभन्दा पछिकाले कति प्रगति गरे। घर जग्गा जमिन धन पैसा कमाए तँ भने बाबुकै छाला टोकेर बस्।
बुुबाका कुरालाई सुनेर राजनले भन्यो ” बुबा के भन्नु भएको हजुरले ? मैले जागिर खोजेको छु। कतै पाइन्न । म जागिर खोज्न कहाँ कहाँ पुगिनँ। म जहाँ जहाँ पुगेँ, कतै सोध्यो भने कसैले भन्छन् तिमी कुन पार्टीको हो ? अहँ तिमीलाई जागिर छैन ।
कुनै कम्पनीमा सोध्यो, तिमी त खाइलाग्दै छैनौ। यहाँ काम छैन ।
कुनै होटलमा काम खोज्दा कुकिङ, वेटरको तालिम लिएर आउ।
म त काम खोज्दा खोज्दा हैरान छु । बुबाले मेरा कुरै बुझिदिनु हुन्न ।
कोठामा बाबुु छोरा बोलेक सुनेर कमलीले भनिन् ” छोरा हरेस् नखा। तँ बुुबाका कुरा सुनेर निरास नबन। जागिर खाने मान्छे सधैँ तल पर्छ । अर्काको अधिनमा रहेर जीवन बित्छ । तँ तल स्कुल छेउमा नास्ता पसल गर। म मेरा सुनका बाला बेचेरै लगानी गरिदिन्छु। तँ ७/८ वर्षमा राम्रो कमाई गर्छस्। सानै काम भए पनि आफू मालिक भएर काम गर।कामले काम सिकाउँछ। काम गरेर कोही सानो हुन्न। कुरा मान है बाबुु । खाजा खाने बेला भएको छ बुुबालाई पनि बोलाएर खाजा खान आइज।”
आमाका कुराले राजनलाई अगाडि बढ्न ढोका खोल्यो उसले आफ्नो सबल सार्थक भविष्य देख्यो ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

28 minutes ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

40 minutes ago

ढोका

सुमन कडरिया चितवन राति अबेरसम्म छोरी घर नफर्किएपछि आमाको ध्यान बारम्बार ढोकातिर थियो। उनले फोन…

1 day ago

“शरद् छ मस्त”

गणेश आत्रेय मदनपोखरा,पाल्पा हिलो र मैलो सुक्यो हरायो। वर्षा गयो लौ शरद् उदायो॥ हराभरा छन्…

1 day ago

जन्मदिन

ह्रदय लेकाली ए समीरका बाबा, "भोलि छोराले मेरो जन्मदिन मनाइदिनुपर्छ भनेर कचकच गरेको छ के…

1 day ago

प्रतिज्ञा

पुण्यप्रसाद घिमिरे आदित्य गाउँमा बस्थ्यो । ऊ सानै र अबोध भएकाले जे मन लाग्यो त्यही…

2 days ago